क्यान्सरलाई न्यूनिकरण गर्न सचेतना कार्यक्रम आवश्यक : मन्त्री पौडेल « Khabarhub

क्यान्सरलाई न्यूनिकरण गर्न सचेतना कार्यक्रम आवश्यक : मन्त्री पौडेल


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर रोगलाई न्यूनिकरण गर्न सचेतना प्रवर्द्धनको काम गर्न जरुरी रहेको बताएका छन् ।

 शनिबार काठमाडौंमा क्यान्सरविरुद्ध दशौं साइकल र्‍यालीको उद्घाटन गर्दै मन्त्री पौडेलले नेपालमा धेरै व्यक्तिहरूले क्यान्सरका कारण दुख पाइरहेको र धेरैको निधन भएकाले क्यान्सर रोगलाई न्यूनिकरण गर्न सचेतना प्रवर्द्धनको काम गर्न जरुरी रहेको बताएका हुन् ।

क्यान्सर उपचारका लागि उपचारात्मक प्रणाली विकास गर्न अझै काम गर्न जरुरी रहेको उनले बताए । उनले क्यान्सर लगायतका अन्य रोगको उपचारात्मक प्रणालीमा लगानी बढाउनुपर्ने धारणा राखे ।

मन्त्री पौडेलले नेपालीको शरीरमा क्यान्सरै प्रवेश नगर्ने स्थिति सिर्जना गर्न सचेतना फैलाउनुपर्नेमा जोड दिए ।

क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले नेपाल क्यान्सर केयर फाउन्डेसनको सहकार्यमा राइड फर लाइफ २०२५ सचेतना साइकल र्‍यालीको आयोजना गरेको हो । 

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १ : ४९ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर