क्यान्सरलाई न्यूनिकरण गर्न सचेतना कार्यक्रम आवश्यक : मन्त्री पौडेल « Khabarhub

क्यान्सरलाई न्यूनिकरण गर्न सचेतना कार्यक्रम आवश्यक : मन्त्री पौडेल


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर रोगलाई न्यूनिकरण गर्न सचेतना प्रवर्द्धनको काम गर्न जरुरी रहेको बताएका छन् ।

 शनिबार काठमाडौंमा क्यान्सरविरुद्ध दशौं साइकल र्‍यालीको उद्घाटन गर्दै मन्त्री पौडेलले नेपालमा धेरै व्यक्तिहरूले क्यान्सरका कारण दुख पाइरहेको र धेरैको निधन भएकाले क्यान्सर रोगलाई न्यूनिकरण गर्न सचेतना प्रवर्द्धनको काम गर्न जरुरी रहेको बताएका हुन् ।

क्यान्सर उपचारका लागि उपचारात्मक प्रणाली विकास गर्न अझै काम गर्न जरुरी रहेको उनले बताए । उनले क्यान्सर लगायतका अन्य रोगको उपचारात्मक प्रणालीमा लगानी बढाउनुपर्ने धारणा राखे ।

मन्त्री पौडेलले नेपालीको शरीरमा क्यान्सरै प्रवेश नगर्ने स्थिति सिर्जना गर्न सचेतना फैलाउनुपर्नेमा जोड दिए ।

क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले नेपाल क्यान्सर केयर फाउन्डेसनको सहकार्यमा राइड फर लाइफ २०२५ सचेतना साइकल र्‍यालीको आयोजना गरेको हो । 

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १ : ४९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका