समाजवाद निर्माणको मुख्य आधार कृषि : प्रचण्ड « Khabarhub

समाजवाद निर्माणको मुख्य आधार कृषि : प्रचण्ड


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर समाजवादको आधार निर्माण गर्नुपर्ने बताएका छन् । 

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्बोधन गर्दै उनले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताएका हुन् । 

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार पार्ने आधारभूत तह स्थानीय सरकार भएकाले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय सरकारको रणनीतिक महत्वलाई आत्मसात् गर्दै उत्पादनका निमित्त सङ्घर्ष, वैज्ञानिक प्रयोग र सांस्कृतिक रूपान्तरणमा जोड दिने नीति लिएको उनको भनाइ थियो ।  

स्थानीय उत्पादनमा जोड, उत्पादनको प्रशोधन र साना उद्योगहरूको स्थापनामार्फत रोजगारी बढाउने काममा ध्यान दिनुपर्ने भन्दै प्रचण्डले पार्टीले लिएको पछिल्लो निर्णय किसान महासंघले आम किसानको बीचमा लैजानुपर्नेमा जोड दिए । 

आफ्नो पार्टीबाट जितेका पालिकाका जनप्रतिनिधिहरूलाई राष्ट्रिय भेला गरेर स्थानीय तहमा समाजवादको अभ्याससम्बन्धी प्रशिक्षण दिने कार्यक्रम बनाइएको पनि प्रचण्डले जानकारी दिए । 

चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरूले कृषिलाई आधार र सूचना प्रविधिलाई लिडको रूपमा स्थापित गरेको जानकारी दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले त्यो बजेटलाई तोडमोड गरेकोमा आपत्ति जनाए । 

किसान महासंघले आधारभूत रूपमा सही बजेट र नीति तथा कार्यक्रम कार्यान्वयनका लागि भूमिका खेल्नुपर्ने उनले बताए । आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारले किसान पेन्सन र किसान परिचयपत्र वितरणलाई प्राथमिकतामा राखेर काम थाले पनि अहिले अवरुद्ध भएकोभन्दै प्रचण्डले आपत्ति जनाए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  २ : ५४ बजे

बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही