विकास–निर्माणका कामलाई प्राथमिकता दिन सांसद भण्डारीको आग्रह « Khabarhub

विकास–निर्माणका कामलाई प्राथमिकता दिन सांसद भण्डारीको आग्रह


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गुल्मी– सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले विकास–निर्माणका कामलाई प्राथमिकतामा राख्न स्थानीय तहका निकायहरूलाई अनुरोध गरेका छन्। 

आज विकास– निर्माणसँग सम्बन्धित कार्यालयका प्रमुखहरूसँगको छलफलमा उनले सडक, पुलपुलेुसालगायत संरचना बनाउँदा नागरिकलाई मर्का नपर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक विकासका परियोजनालाई कुनै पनि बहानामा ढिलासुस्ती गर्न हुँदैन भने। 

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इञ्जिनियर सुरेन्द्र गौतमले रिडी–तम्घास र रिडी–बल्कोट सडक आयोजना आयोजनाको हालसम्मको वित्तीय एवं भौतिक प्रगतिको बारेमा जानकारी गराएका थिए । 

सांसद भण्डारीले  रिडी–तम्घास र रिडी बल्कोट सडक आयोजनामा संलग्न निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयसँग पनि छलफल गरेका थिए । 

त्यस अवसरमा उहाँले दुवै सडकका निम्ति बजेटको अभाव नहुने तथा  काम रोक्नुपर्ने अवस्था उत्पन्न हुन नदिन आफूले सम्बनि्धत निकायसँग निरन्तर सम्पर्क एवं समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ३ : ४१ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको