वालिङ–हुवास सडक : ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र  « Khabarhub

वालिङ–हुवास सडक : ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र 


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पर्वत– ट्रयाक खुलेको ३२ वर्षपछि जिल्लाको दक्षिणी भेगलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडक कालोपत्र हुने भएको छ । 

विसं २०४९ मा ट्रयाक खोलिएको भए पनि हालसम्म उक्त सडक कच्ची छ । उक्त सडकखण्डअन्तर्गत भुम्रे–अर्चलबोट–तमादी–डुम्रेभञ्ज्याङसम्मको कालोपत्र बजेट अभावले रोकिएकोमा पुनः बजेट विनियोजन भएपछि काम थालिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । 

सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि रु चार करोड विनियोजन भएपछि सडक निर्माण अघि बढाइएको हो । मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै शुक्रबार सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलीले नाप जाँच गरिसकेको छ । 

डिजाइन स्टिमेट तयार गरेर तत्काल ठेक्का आह्वान गरिने सडक डिभिजनका इञ्जिनियर ध्रुव पोखरेलले जानकारी दिए। चिसापानीदेखि हुवास–त्रिवेणी–वहाकी–रानीपानीसम्म यसअघि कालोपत्र भइसकेको छ । 

गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले उक्त सडक कालोपत्र गरेको हो । डुम्रे भञ्ज्याङदेखि चिसापानी सडक कालोपत्र भएपछि पर्वतको दक्षिणी क्षेत्रका यात्रुलाई सहज हुने छ । यस सडकले पैंयू गाउँपालिकाका सात, विहादीका छ वडाका साथै महाशिला र फलेवास नगरपालिकाका स्थानीयवासिन्दा लाभान्वित हुने छन् । 

 सडक कालोपत्र भएपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोर जोडिनुका साथै वैकिल्पक मार्गको रुपमा प्रयोग गर्न सकिने पैंयू गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष नारायण भूर्तेलले बताए। 

वालिङ–हुवास सडकको लम्बाइ १६ किलोमिटर छ । सडक जीर्ण हुँदा यस क्षेत्रका बासिन्दालाई यात्रा गर्न घण्टौँ समय र जोखिम मोल्नुपर्ने अवस्था छ । 

सो सडकसँगै पर्वतका अन्य चार वटा सडक कालोपत्र गर्न बजेट विनियोजन भएको हो । 

कुश्मा नगरपालिकाको पर्नेदोविल्ला–पकुवा–गँगटे–डाँडाखर्क सडक, जलजला गाउँपालिकाको लेखफाँट–शालिजा सडक, मोदी गाउँपालिकाको देउपुर–पूर्णगाउँ–घुरुङ्गा सडक र फलेवास नगरपालिकाअन्तर्गत लिमठाना– अर्चले–भँगरा सडकका लागि बजेट विनियोजन भएको हो । 

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ३ : ५२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने