दिल्ली निर्वाचनमा विकास र सुशासनको जित : मोदी « Khabarhub

दिल्ली निर्वाचनमा विकास र सुशासनको जित : मोदी


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उनको प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ ।

तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन रहेको छ ।

निर्वाचन आयोगको प्रारम्भिक प्रवृत्तिका अनुसार भारतीय जनता पार्टीले दिल्ली विधानसभा चुनावको नतिजामा बहुमतको सिट पार गरेको छ ।

भाजपा अहिले ३८ सिटमा अगाडि छ भने आप २७ सिटमा अगाडि छ । राष्ट्रिय राजधानीमा सरकार गठनका लागि बहुमतको सिट ३६ रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली प्रान्तमा विकासको जित सुरु भएको बताए।

उनले भने, ‘यो जित विकासको हो, सुशासनको जित हो ।’ 

मतगणना अझै चलिरहेको छ, तर दिल्लीका पूर्व मुख्यमन्त्री तथा आप प्रमुख अरविन्द केजरीवाल बीजेपी उम्मेदवार  प्रवेश बर्मासँग पराजित भए।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ४ : १९ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित