वरिष्ठ पत्रकार होमनाथ दाहाल सम्मानित « Khabarhub

वरिष्ठ पत्रकार होमनाथ दाहाल सम्मानित


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओखलढुंगा पत्रकार समाजले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सम्मान गरेको छ । पत्रकार दाहालको मैतीदेवीस्थित निवासमा आयोजित कार्यक्रममा समाजका तर्फबाट वरिष्ठ पत्रकारद्वय ध्रुवहरि अधिकारी र राजेन्द्र दाहालले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । 

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२, रामपुरमा जन्मिएका ८३ वर्षीय दाहाल राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा प्रकाशकका साथै नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हुन्। विसं २०५६ मा ओखलढुङ्गा क्षेत्र नं १ बाट सांसद पदमा निर्वाचित भएका उनी पछि कृषि तथा सहकारीमन्त्री भएका थिए ।

गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धक पत्रकार दाहालले नेपाली पत्रकारितामा विशिष्ट योगदान पुर्‍याएको वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले बताए। 

वरिष्ठ पत्रकार राजेन्द्र दाहालले पञ्चायतकालीन अवस्थामा प्रजातन्त्रका पक्षमा निडरताका साथ पत्रकारिता गरेर उनले पुर्‍याएको योगदानको चर्चा गरे । “जतिखेर पञ्चायतविरुद्ध पत्रकारले लेख्नै डराउँथे, त्यतिखेर पनि उनले निरन्तर प्रजातन्त्रका पक्षमा लेख्न छाड्नुभएन”, दाहालले भने, “उहाँले पत्रकारिताका माध्यमबाट प्रजातान्त्रिक धारको सधैँ नेतृत्व गरिरहनुभयो ।”

सम्मानित पत्रकार दाहालले आफूलाई सम्झिएर सम्मान गरेकामा संस्थाप्रति आभार प्रकट गरे। उनले विभिन्न समयमा तीन वर्षभन्दा बढी जेल जीवन बिताएका छन् ।

ओखलढुङ्गा पत्रकार समाजका तर्फबाट पत्रकारहरु जीवनाथ धमला, जीवराम भण्डारी, बालकुमार नेपाल, नारदमुनि गौतम, तुलसीहरि कोइरालालगायतको उपस्थिति रहेको थियो । 

समाजका अध्यक्ष चेतनाथ धमलाले ओखलढुङ्गामा जन्मिएर पत्रकारिता क्षेत्रमा रहेका सम्पूर्ण पत्रकारहरुलाई सङ्गठित गर्ने उद्देश्यले संस्था स्थापना गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ५ : ०० बजे

नेपाली सोनिका हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि

‘अबको महाधिवेशनपछि केपीको विकल्प विद्या बन्न सक्नुहुन्छ’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का आगामी महाधिवेशनमा अध्यक्ष

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान