गणतन्त्रपछि आफ्नो पहिचान जोगाउने अवसर प्राप्त भयो : मन्त्री गुरुङ « Khabarhub

गणतन्त्रपछि आफ्नो पहिचान जोगाउने अवसर प्राप्त भयो : मन्त्री गुरुङ


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका रूपमा वर्तमान संविधान जारी भएपछि सबै जातजाति र समुदायलाई आ–आफ्ना धर्म संस्कृति, वेशभूषा र पहिचान जोगाउने अवसर प्राप्त भएको बताएका छन् ।

बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित कार्यक्रममा उनले गणतन्त्र स्थापनापछि गठन भएको ‘ककस’ले महिला र आदिवासी जनजातिका मुद्दालाई सशक्त रूपमा ल्याएकै कारण राजनीतिक जागरण पैदा भएको बताए।

मन्त्री गुरुङले भने, ‘सङ्घीय लोकतान्त्रिक संविधान जारी भएपछि नेपालमा सबै जातजातिले धार्मिक, भाषिक र सांस्कृतिक दृष्टिकोणबाट समान अधिकार पाएको महसुस गरिरहेका छन् ।’ 

मुलुकमा १२४ वटा भाषाले राष्ट्रिय भाषाको मान्यता प्राप्त गरेपछि ती भाषाभाषीले आफ्नो पहिचान स्थापित भएको रूपमा ग्रहण गरेको उनको भनाइ थियो ।

नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले सबै जातजाति र समुदायको कलासंस्कृति तथा पहिचानको संरक्षणमा स्थानीय सरकारले काम गरिरहेको बताए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ६ : ०४ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको