सिनामङ्गल नयाँ पुल क्षेत्रबाट नकुहिने पाँच मेट्रिक टन फोहर व्यवस्थापन « Khabarhub

सिनामङ्गल नयाँ पुल क्षेत्रबाट नकुहिने पाँच मेट्रिक टन फोहर व्यवस्थापन


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती सफाइ महाअभियानको ६१३औँ हप्तामा सिनामङ्गलस्थित वाग्मती नयाँ पुल क्षेत्रको किनारमा सफाइ गरी नकुहिने पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

काठमाडौं महानगरपालिका–९ को नेतृत्वमा भएको सफाइका क्रममा उठाइएको फोहर काठमाडौं महानगरपालिका वातावरण विभाग टेकुको गाडीले व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

सो क्षेत्रको सफाइका लागि वडा कार्यालयको नेतृत्वमा रोटरी क्लब बानेश्वर र बत्तीसपुतली युवा समाजले समेत पहल गरेका थिए ।

सफाइमा सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि, वडाका जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल नं २० गणस्थित विपद् उद्धार सिनामङ्गल काठमाडौँका सशस्त्र प्रहरी निरीक्षक गोपाल बिष्टको कमान्डमा १७ जना, हिमालन गोर्खा सेक्युरिटी प्रालिबाट १५, बत्तीसपुतली युवा समाज एवं बानेश्वर रोटरी क्लबका ४०, वडावासी, समाजसेवीलगायतको सक्रिय सहभागिता रहेको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ‘हप्तामा दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ जारी छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १० : ४४ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र