बोली फेरियोः ट्रम्पले दिए रुसमाथि प्रतिबन्धको चेतावनी « Khabarhub

बोली फेरियोः ट्रम्पले दिए रुसमाथि प्रतिबन्धको चेतावनी


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि प्रतिबन्धको चेतावनी दिएका छन्। केही समययता युक्रेनसँग आक्रोशित ट्रम्पले बोली फेर्दै रुसविरुद्ध चेतावनीको भाषा बोलेका हुन्।

इजरायलसँग युद्ध विराम नभएसम्म रुसमाथि कडा प्रतिबन्ध र करको निर्णय हुने कुरामा विचार गरिरहेको ट्रम्पले बताएका छन्। रुसले युद्ध मैदानमा लगातार युक्रेनमाथि आक्रमण गरेका कारण ट्रम्पको विचारमा परिवर्तन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्।

राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमा प्रवेश गरेयता उनको बोलीमा आएको यो महत्त्वपूर्ण परिवर्तन हो।यसअघि उनले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको प्रशंसा गर्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको चर्को आलोचना गर्दै आएका थिए। उनले जेलेन्स्कीले युद्ध भड्काएको भन्दै आलोचना गरेका थिए।

रुसले रातभर युक्रेनमा बमबारी गर्दै ऊर्जा केन्द्रमा आक्रमण गरेपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।
दक्षिणी केर्सन प्रान्तमा कम्तीमा दुई सर्व साधारणको ज्यान गएको छ।थुप्रै राज्यमा ऊर्जा केन्द्र र निजी निवास भत्किएका छन्।धेरै ग्यास उत्पादन केन्द्र पनि नास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

ट्रम्पको यो अभिव्यक्तिको केही घण्टा अघि मात्र पनि उनले पत्रकारसँग जेलेन्स्कीसँगको वार्ता कठिन बताउँदै रुस सहज भएको बताएका थिए। गत शुक्रबार नै ट्रम्प र जेलेन्स्कीबीच ओभल अफिसमा वार्ताको क्रममा भनाभन समेत भएको थियो।यसअघि ट्रम्पले जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका थिए।

यसै साता ट्रम्पले युक्रेनलाई गर्दै आएको सबै सहयोग रोक्ने निर्णयसमेत गरेका थिए।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ७ : १५ बजे

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका