विश्वकप फुटबलले अमेरिकामा दुई लाख रोजगारी सिर्जना गर्ने « Khabarhub

विश्वकप फुटबलले अमेरिकामा दुई लाख रोजगारी सिर्जना गर्ने

८० लाख मानिस अमेरिका पुग्दा ४० अर्ब अमेरिकी डलरको कारोबार


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबल आयोजना गर्दा अमेरिकामा दुई लाख रोजगारी सिर्जना हुने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप २०२६ को आयोजनाको तयारीका लागि टास्क फोर्स गठन गर्ने विषयमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा इन्फान्टिनोले यस्तो बताएका हुन्।

उनले विश्वकपका कारण थप दुई लाख रोजगारीको सिर्जना हुने तथा ४० अर्ब अमेरिकी डलर बराबरको प्रभाव रहने बताए।विश्वकपकै कारण अमेरिकामा ८० लाख जना पुग्ने अनुमान गरिएको छ।

ट्रम्पले विश्वकप फुटबलको आयोजना गर्न पाउनु गर्वको विषय भएको बताए। सन् २०१८ मा अमेरिकाले अधिकार पाउँदा ट्रम्प नै राष्ट्रपति थिए ।

सन् २०२६ को विश्वकप फुटबल र सन् २०२८ को गृष्मकालीन ओलम्पिक दुवै आयोजना गर्न पाउनु गर्वको विषय भएको ट्रम्पले बताए।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ७ : ४१ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले