अपाङ्गता व्यक्तिलाई आयआर्जनसँग जोड्न तालिम « Khabarhub

अपाङ्गता व्यक्तिलाई आयआर्जनसँग जोड्न तालिम


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको धार्चे गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनसँग जोड्दै स्वरोजगार बनाउन मुढा बन्ने तालिम प्रदान गरेको छ ।

पालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचय भएका व्यक्तिलाई छनोट गरेर १० दिने मुढा बुन्ने तालिम दिएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् ।

‘अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्ने सोचाइ समाजमा छ’, उनले भनिन्, ‘त्यस्तो धारणालाई परिवर्तन गर्दै अपाङ्गता भएका व्यक्तिलाई सीप प्रदान गरेर आत्मनिर्भर बनाउन तालिम दिइएको हो ।’ गाउँपालिकाले तालिमपछि उनीहरूले उत्पादन गरेका मुढा वडामार्फत बजार व्यवस्थापनको पहल गर्ने उपाध्यक्ष गुरुङको भनाइ छ ।

तालिममा लाप्राक, खोर्लाबेँसी, हुल्चुक, सिङ्लालगायत विभिन्न क्षेत्रका गरी १५ भन्दा बढीको सहभागिता रहेको थियो । ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने भएकाले उनीहरूलाई केही न केही सीप सिकाउन सके आयआर्जनसँग जोड्न सकिने र आत्मनिर्भर बनाउन सकिने उनको विश्वास छ ।

गाउँपालिकाले धादिङबाट अपाङ्गता भएका व्यक्तिलाई नै प्रशिक्षकका रूपमा ल्याएर तालिम प्रदान गरेको हो । पालिकाले आवासीय सुविधासहित सहभागीलाई तालिम दिएको गुरुङले बताइन् ।

तालिमले अपाङ्गता भएका व्यक्तिलाई घरमै बसेर जीविकोपार्जनसँग जोड्न मद्दत पुग्ने उनको भनाइ छ । धार्चे गाउँपालिकाभित्र प्रसस्त मात्रामा निगालो पाइने भएकाले पनि कम लागतमा मुढा उत्पादन गर्न सकिने भएकाले मेहनत गरे सीप सिकेकाले राम्रो आम्दानी गर्न सक्नेछन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ९ : ३८ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब