जनताको जीवन बदल्ने अभियानमा सबै केन्द्रित हुनुपर्छ : प्रचण्ड  « Khabarhub

जनताको जीवन बदल्ने अभियानमा सबै केन्द्रित हुनुपर्छ : प्रचण्ड 


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवन बदल्ने अभियानमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ ले सुरु गरेको विपन्न नागरिक सहयोग कार्यक्रमको आज उद्‌घाटन गर्दै उनले विपन्न वर्गको उत्थानका निम्ति काम गर्नु  सबै राजनीतिक दलको दायित्व भएको बताए ।

समाजवादका लागि जनताको आर्थिक सामाजिक रूपान्तरण अनिवार्य भएकाले कम्युनिस्ट पार्टीहरू त्यसलाई हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानका क्रममा अध्यक्ष दाहाल नेतृत्वको टोली आज रौतहट पुगेको छ । 

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १२ : २० बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख