जनताको जीवन बदल्ने अभियानमा सबै केन्द्रित हुनुपर्छ : प्रचण्ड  | Khabarhub Khabarhub

जनताको जीवन बदल्ने अभियानमा सबै केन्द्रित हुनुपर्छ : प्रचण्ड 


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवन बदल्ने अभियानमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ ले सुरु गरेको विपन्न नागरिक सहयोग कार्यक्रमको आज उद्‌घाटन गर्दै उनले विपन्न वर्गको उत्थानका निम्ति काम गर्नु  सबै राजनीतिक दलको दायित्व भएको बताए ।

समाजवादका लागि जनताको आर्थिक सामाजिक रूपान्तरण अनिवार्य भएकाले कम्युनिस्ट पार्टीहरू त्यसलाई हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानका क्रममा अध्यक्ष दाहाल नेतृत्वको टोली आज रौतहट पुगेको छ । 

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १२ : २० बजे

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र