‘स्वच्छ पानी, स्वस्थ जीवन’ को मूल मन्त्रलाई साकार पार्न अघि बढौँ : मन्त्री यादव « Khabarhub

‘स्वच्छ पानी, स्वस्थ जीवन’ को मूल मन्त्रलाई साकार पार्न अघि बढौँ : मन्त्री यादव


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ– खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्ने गरी काम गर्नुपर्ने बताएका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित पथरी खानेपानी आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्न सबै जुट्नु पर्ने बताए ।

‘पथरी शनिश्चरे खानेपानी आयोजनाको शिलान्यास समारोह केवल एउटा पूर्वाधार निर्माणको घोषणा मात्र होइन । यो सरकारको प्रतिबद्धताको प्रतीक हो,’ उनले भने, ‘स्वच्छ पानी, स्वस्थ जीवन भन्ने मूल मन्त्रलाई साकार पार्ने दिशामा हामी सबै अघि बढौँ ।’
खानेपानी मन्त्री यादवले  ‘एक घर, एक धारा’ अभियानमार्फत् सरकारले सबै नागरिकसम्म स्वच्छ पानी पुर्‍याउने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिए ।

सरकार खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीति निर्माण, स्रोत परिचालन, तथा पूर्वाधार विस्तारमा निरन्तर अग्रसर रहेको मन्त्री यादवको भनाइ थियो ।

सोही कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठले पथरी शनिश्चरे खानेपानी योजनाका लागि यस वर्ष ३५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भइ निर्माण कार्य सुरु हुने भएको जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १२ : ३८ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा