‘स्वच्छ पानी, स्वस्थ जीवन’ को मूल मन्त्रलाई साकार पार्न अघि बढौँ : मन्त्री यादव | Khabarhub Khabarhub

‘स्वच्छ पानी, स्वस्थ जीवन’ को मूल मन्त्रलाई साकार पार्न अघि बढौँ : मन्त्री यादव


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ– खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्ने गरी काम गर्नुपर्ने बताएका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित पथरी खानेपानी आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्न सबै जुट्नु पर्ने बताए ।

‘पथरी शनिश्चरे खानेपानी आयोजनाको शिलान्यास समारोह केवल एउटा पूर्वाधार निर्माणको घोषणा मात्र होइन । यो सरकारको प्रतिबद्धताको प्रतीक हो,’ उनले भने, ‘स्वच्छ पानी, स्वस्थ जीवन भन्ने मूल मन्त्रलाई साकार पार्ने दिशामा हामी सबै अघि बढौँ ।’
खानेपानी मन्त्री यादवले  ‘एक घर, एक धारा’ अभियानमार्फत् सरकारले सबै नागरिकसम्म स्वच्छ पानी पुर्‍याउने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिए ।

सरकार खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीति निर्माण, स्रोत परिचालन, तथा पूर्वाधार विस्तारमा निरन्तर अग्रसर रहेको मन्त्री यादवको भनाइ थियो ।

सोही कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठले पथरी शनिश्चरे खानेपानी योजनाका लागि यस वर्ष ३५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भइ निर्माण कार्य सुरु हुने भएको जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १२ : ३८ बजे

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र