ज्ञानेन्द्र शाहले अर्को मूर्खता गरे उनको अस्तित्व नै सकिन्छ : प्रचण्ड « Khabarhub

ज्ञानेन्द्र शाहले अर्को मूर्खता गरे उनको अस्तित्व नै सकिन्छ : प्रचण्ड


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

रौतहट – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा ठूला-ठूला गलती गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले अब फेरि अर्को मुर्खता गरे अस्तित्व सकिने चेतावनी दिएका छन्।

पहिले एकपटक मुर्खता गर्दा नेपाली जनताले कारबाहीको सट्टा उदारतापूर्वक आरामले बस्न दिएको भन्दै त्यसलाई कमजोरी ठानेर अर्को मुर्खता गरे अस्तित्व नै सकिने उनले चेतावनी दिएका हुन्।

हुलाकी मार्गकेन्द्रित ‘जनतासँग माओवादी,तराई मधेस जागरण अभियान’का क्रममा आज बिहार मर्निङ वाकपछि गरुडामा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले यदि ज्ञानेन्द्रलाई राजनीति नै गर्नुछ भने पार्टी खोलेर चुनावमा आउन सुझाव दिएका छन्।

एक प्रश्नको जवाफमा उनले ‘अब राजसंस्था फर्किन असम्भव छ, हल्लाखल्ला गरिएको छ तर इतिहासको जग पछाडि फर्काउन सकिँदैन,’ बताए।

प्रचण्डले अर्को प्रश्नको जवाफमा कुलमान घिसिङले सधैँ घाटामा रहेको संस्था विद्युत् प्राधिकरणलाई नाफामा ल्याएर देशमा लोडसेडिङ अन्त्य गरेको बताए। त्यस्ता मानिसलाई सरकारले हटाउन खोजे नेपाली जनता चुप लागेर नबस्ने प्रतिक्रिया उनले दिएका छन्।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १ : २२ बजे

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा

५ अंकले बढ्यो नेप्से, १५ अर्ब ७८ करोडको कारोबार

काठमाडौं– यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल

होर्मुज जलक्षेत्रमा जारी अवरोध अस्वीकार्य : प्रधानमन्त्री मोदी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसियाको युद्धका कारण होर्मुजको