युक्रेनको दोनेत्सकमा रूसी आक्रमण, कम्तीमा ११ को मृत्यु, ३० घाइते « Khabarhub

युक्रेनको दोनेत्सकमा रूसी आक्रमण, कम्तीमा ११ को मृत्यु, ३० घाइते


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूसी सेनाको आक्रमणमा ११ युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनको दोनेत्सकमा पर्ने डोब्रोपिलियामा रूसले गरेको आक्रमणमा परी ११ जनाको मृत्यु भएको हो ।

युक्रेनले आक्रमणबाट ११ जनाको मृत्यु र ३० जना घाइते भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार शुक्रबार अबेर राति भएको आक्रमणबाट आठ आवासीय र एक प्रशासनिक भवनमा क्षति पुगेको छ ।

डोब्रोपिलिया रूसले कब्जा गरेको दोनेत्सक सहरको उत्तर–पश्चिममा अवस्थित छ । युक्रनेले यसअघि बिहीबार राती रूसको आक्रमणबाट पाँच जनाको मृत्यु भएको बताएको थियो ।

अमेरिकाले सैन्य हतियार रोकेसँगै युक्रेन संकटमा परेको छ । युक्रेनलाई यसअघि दिँदै आएको जासुसी सहयोग र सूचना पनि अमेरिकाले रोकेपछि रसियाले आक्रमण बढाएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १ : ३३ बजे

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

नवनियुक्त चार मन्त्रीले लिए शपथ, अन्तरिम सरकार अब १४ सदस्यीय

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिएका

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाख रुपैयाँको क्षति

घोराही– यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत

महाधिवेशन अगाडि एमालेको अन्तिम सचिवालय बैठक च्यासलमा

काठमाडौं- शनिबारदेखि सुरू हुने एघारौँ महाधिवेशन अगाडि नेकपा एमाले सचिवालयको