युक्रेनको दोनेत्सकमा रूसी आक्रमण, कम्तीमा ११ को मृत्यु, ३० घाइते « Khabarhub

युक्रेनको दोनेत्सकमा रूसी आक्रमण, कम्तीमा ११ को मृत्यु, ३० घाइते


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूसी सेनाको आक्रमणमा ११ युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनको दोनेत्सकमा पर्ने डोब्रोपिलियामा रूसले गरेको आक्रमणमा परी ११ जनाको मृत्यु भएको हो ।

युक्रेनले आक्रमणबाट ११ जनाको मृत्यु र ३० जना घाइते भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार शुक्रबार अबेर राति भएको आक्रमणबाट आठ आवासीय र एक प्रशासनिक भवनमा क्षति पुगेको छ ।

डोब्रोपिलिया रूसले कब्जा गरेको दोनेत्सक सहरको उत्तर–पश्चिममा अवस्थित छ । युक्रनेले यसअघि बिहीबार राती रूसको आक्रमणबाट पाँच जनाको मृत्यु भएको बताएको थियो ।

अमेरिकाले सैन्य हतियार रोकेसँगै युक्रेन संकटमा परेको छ । युक्रेनलाई यसअघि दिँदै आएको जासुसी सहयोग र सूचना पनि अमेरिकाले रोकेपछि रसियाले आक्रमण बढाएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १ : ३३ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा