‘व्यवस्था विरोधीले हल्ला गर्दैमा राजतन्त्र फर्किँदैन, ज्ञानेन्द्रले पार्टी खोले हुन्छ’ « Khabarhub

‘व्यवस्था विरोधीले हल्ला गर्दैमा राजतन्त्र फर्किँदैन, ज्ञानेन्द्रले पार्टी खोले हुन्छ’


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

धनगढी- गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्काउने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । भूकम्पपीडितलाई अनुदान रकम हस्तान्त्रण गर्न डोटी पुगेका लेखकले राजतन्त्रका नाममा भइरहेको हो-हल्ला काम नलाग्ने बताए हुन् ।

नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा लेखकले पछिल्लो समय राजसंस्था फर्काउनुपर्ने माग गर्दै भएका प्रदर्शन रर्‍यालीहरूको कुनै अर्थ र प्रभाव नहुने धारणा राखे ।

केही साथीहरूबाट भइरहेको हो-हल्ला काम लाग्दैन । त्यो व्यवस्थाको विरोध र लोकतन्त्रविरोधी अभ्यास हो, अराजकता हो, बढाउन दिनु हुँदैन्, उनले भने ।

गृहमन्त्री लेखकले नेपालमा लोकतन्त्रविरुद्ध पहिलेदेखि नै षडयन्त्र भइरहेकाले त्यसप्रति सजग हुनुपर्ने बताए । गणतन्त्रको विकल्प राजतन्त्र नहुने गृहमन्त्री लेखकको धारणा थियो ।

गृहमन्त्री लेखकले भने, ‘क्रान्तिबाट फालिएको राजा त्यसै देशमा बसेको उदाहरण संसारमा कमै छ । देशभित्र उन्नत लोकतन्त्र भइरहेकाले पूर्वराजा ज्ञानेन्द्र शाह नागरिकसरह नेपालमै बसेर अधिकार उपभोग गरिरहेका छन् ।’

नेपाली समाज निरंकुशताबाट लोकतन्त्रमा आएकाले राजतन्त्र फर्किने भ्रममा नपर्न उनको सुझाव छ । पूर्वराजालाई पार्टी खोलेर खुला राजनीतिमा आउनसमेत उनले चुनौती दिएका छन् ।

भूकम्पपीडितको आवास निर्माणको पहिलो किस्ताको अनुदान रकम दिन डोटी पुगेका गृहमन्त्री लेखकले आवास निर्माण तथा प्रवलीकरण अगाडि बढिरहेको बताए ।

देश विभिन्न प्राकृतिक प्रकोप, भूकम्प, बाढीपहिरो, आगलागी र शीतलहरबाट जोखिम पूर्ण अवस्थामा रहँदै आएको उनले बताए । ती कुराबाट सुदूरपश्चिम बढी जोखिममा रहेकोसमेत उनले बताए ।

सरकारले आवास पुननिर्माण र प्रवलीकरण अगाडि बढाएको छ । त्यसका लागि आवश्यक बजेट व्यवस्थापन, मापदण्ड, नियम-कानुन निर्माण पूरा गरी देशका तीन स्थानमा इकाई कार्यालय स्थापना अगाडि बढेको उनले बताए ।

केन्द्रमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मातहतमा रहने गरी शुक्रवार बझाङमा आज शनिबार अछामको साँफेबगरमा र आइतबार जाजरकोटमा इकाई कार्यालय स्थापना गरिने गृह मन्त्री लेखकले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १ : ४३ बजे

अन्तै कुद्न थाले कांग्रेसबाट जितेका भोजपुरका जिसस प्रमुख थुलुङ

काठमाडौं- नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल

काठमाडौं महानगरपालिकाको रैथाने मौलिक खाद्य मेला २०८२

काठमाडौं- काठमाडौं महानगरपालिकोले ‘रैथाने मौलिक खाद्य मेला’ २०८२ सुरु गरेको

संसद्को जिम्मेवारी र सांसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद्को जिम्मेवारी

२६ सय बिन्दुबाट तल झर्‍यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेको छ

पदाधिकारी र केन्द्रीय कमिटी बढाएसँगै एमालेको बन्दसत्र सुरू

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको