‘व्यवस्था विरोधीले हल्ला गर्दैमा राजतन्त्र फर्किँदैन, ज्ञानेन्द्रले पार्टी खोले हुन्छ’ « Khabarhub

‘व्यवस्था विरोधीले हल्ला गर्दैमा राजतन्त्र फर्किँदैन, ज्ञानेन्द्रले पार्टी खोले हुन्छ’


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

धनगढी- गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्काउने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । भूकम्पपीडितलाई अनुदान रकम हस्तान्त्रण गर्न डोटी पुगेका लेखकले राजतन्त्रका नाममा भइरहेको हो-हल्ला काम नलाग्ने बताए हुन् ।

नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा लेखकले पछिल्लो समय राजसंस्था फर्काउनुपर्ने माग गर्दै भएका प्रदर्शन रर्‍यालीहरूको कुनै अर्थ र प्रभाव नहुने धारणा राखे ।

केही साथीहरूबाट भइरहेको हो-हल्ला काम लाग्दैन । त्यो व्यवस्थाको विरोध र लोकतन्त्रविरोधी अभ्यास हो, अराजकता हो, बढाउन दिनु हुँदैन्, उनले भने ।

गृहमन्त्री लेखकले नेपालमा लोकतन्त्रविरुद्ध पहिलेदेखि नै षडयन्त्र भइरहेकाले त्यसप्रति सजग हुनुपर्ने बताए । गणतन्त्रको विकल्प राजतन्त्र नहुने गृहमन्त्री लेखकको धारणा थियो ।

गृहमन्त्री लेखकले भने, ‘क्रान्तिबाट फालिएको राजा त्यसै देशमा बसेको उदाहरण संसारमा कमै छ । देशभित्र उन्नत लोकतन्त्र भइरहेकाले पूर्वराजा ज्ञानेन्द्र शाह नागरिकसरह नेपालमै बसेर अधिकार उपभोग गरिरहेका छन् ।’

नेपाली समाज निरंकुशताबाट लोकतन्त्रमा आएकाले राजतन्त्र फर्किने भ्रममा नपर्न उनको सुझाव छ । पूर्वराजालाई पार्टी खोलेर खुला राजनीतिमा आउनसमेत उनले चुनौती दिएका छन् ।

भूकम्पपीडितको आवास निर्माणको पहिलो किस्ताको अनुदान रकम दिन डोटी पुगेका गृहमन्त्री लेखकले आवास निर्माण तथा प्रवलीकरण अगाडि बढिरहेको बताए ।

देश विभिन्न प्राकृतिक प्रकोप, भूकम्प, बाढीपहिरो, आगलागी र शीतलहरबाट जोखिम पूर्ण अवस्थामा रहँदै आएको उनले बताए । ती कुराबाट सुदूरपश्चिम बढी जोखिममा रहेकोसमेत उनले बताए ।

सरकारले आवास पुननिर्माण र प्रवलीकरण अगाडि बढाएको छ । त्यसका लागि आवश्यक बजेट व्यवस्थापन, मापदण्ड, नियम-कानुन निर्माण पूरा गरी देशका तीन स्थानमा इकाई कार्यालय स्थापना अगाडि बढेको उनले बताए ।

केन्द्रमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मातहतमा रहने गरी शुक्रवार बझाङमा आज शनिबार अछामको साँफेबगरमा र आइतबार जाजरकोटमा इकाई कार्यालय स्थापना गरिने गृह मन्त्री लेखकले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १ : ४३ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,