रिंकु सदा मृत्यु प्रकरणमा आठजना पक्राउ, चारजना अझै फरार « Khabarhub

रिंकु सदा मृत्यु प्रकरणमा आठजना पक्राउ, चारजना अझै फरार


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकु सदाको मृत्यु प्रकरणमा अहिलेसम्म आठजना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानका अनुसार पक्राउ पर्नेमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन् ।

रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर पीडित परिवारले दिएको जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् ।

अन्य चार जनाको नाम जाहेरीमा किटान नभए पनि उनीहरू पञ्चायतमा पीडित परिवारलाई दबाब दिएको अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ । चन्देश्वर, रामविनोद र कमलेशलाई फागुन ११ मै प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारका मुख्य अभियुक्त रुपेशलाई माघ २१ मा प्रहरीले पक्राउ गरेको थियो भने अन्य चार जनालाई हिजो शुक्रबार लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

घटनामा संलग्न चारजना अझै फरार छन् । उनीहरूको पनि खोजतालस भइरहेकाले छिट्टै पक्राउ पर्ने सिरहा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १ : ५० बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ