देशलाई अन्तरास्ट्रिय जगतमा चिनाउनका लागि खेलकूद उपयुक्त माध्यम हाे : उपप्रधानमन्त्री सिंह « Khabarhub

देशलाई अन्तरास्ट्रिय जगतमा चिनाउनका लागि खेलकूद उपयुक्त माध्यम हाे : उपप्रधानमन्त्री सिंह


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले देशलाई अन्तरास्ट्रिय जगतमा चिनाउनका लागि खेलकूद उपयुक्त माध्यम भएको बताएका छन् ।

शनिबर भक्तपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदको महत्वबारे बताएका हुन् । असल र अनुशासित नागरिक उत्पादनका लागि पनि खेलकूदको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ ।

‘जति बढी खेलाडी उत्पादन गर्न सक्यौं त्यतिनै मात्रामा अनुशासित र असल नागरिक उत्पादन हुने कारणले गर्दा खेलकूदको महत्वलाई सबैले बुझ्नुपर्छ,’ उनले भने।

उनले खेलकूदले खेलाडीको स्वास्थ्य राम्रो हुने भन्दै आफ्नो रुचि भएको कुनै न कुनै खेलमा लाग्न पनि सुझाव दिए ।

‘पहिला खेलकुद होइन पढाईमा मात्र ध्यान दिनुपर्छ भन्ने सोचाई थियो । तर, समय परिवर्तन हुँदै गइसकेपछि अहिले पढाईमा त रुचि राख्नु नै पर्छ, विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि खेलकुद पनि आवश्यक छ भन्ने धारणा विकास हुँदैछ,’ उपप्रधानमन्त्री सिंहले भने ।

उनले विद्यार्थीको व्यक्तित्व विकासका लागि अनुशासन आवश्यक पर्ने र खेलकूदले अनुशासित बन्न सिकाउने भएकाले खेलकूद मानव जिवनका लागि आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  २ : ४६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले