देशलाई अन्तरास्ट्रिय जगतमा चिनाउनका लागि खेलकूद उपयुक्त माध्यम हाे : उपप्रधानमन्त्री सिंह « Khabarhub

देशलाई अन्तरास्ट्रिय जगतमा चिनाउनका लागि खेलकूद उपयुक्त माध्यम हाे : उपप्रधानमन्त्री सिंह


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले देशलाई अन्तरास्ट्रिय जगतमा चिनाउनका लागि खेलकूद उपयुक्त माध्यम भएको बताएका छन् ।

शनिबर भक्तपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदको महत्वबारे बताएका हुन् । असल र अनुशासित नागरिक उत्पादनका लागि पनि खेलकूदको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ ।

‘जति बढी खेलाडी उत्पादन गर्न सक्यौं त्यतिनै मात्रामा अनुशासित र असल नागरिक उत्पादन हुने कारणले गर्दा खेलकूदको महत्वलाई सबैले बुझ्नुपर्छ,’ उनले भने।

उनले खेलकूदले खेलाडीको स्वास्थ्य राम्रो हुने भन्दै आफ्नो रुचि भएको कुनै न कुनै खेलमा लाग्न पनि सुझाव दिए ।

‘पहिला खेलकुद होइन पढाईमा मात्र ध्यान दिनुपर्छ भन्ने सोचाई थियो । तर, समय परिवर्तन हुँदै गइसकेपछि अहिले पढाईमा त रुचि राख्नु नै पर्छ, विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि खेलकुद पनि आवश्यक छ भन्ने धारणा विकास हुँदैछ,’ उपप्रधानमन्त्री सिंहले भने ।

उनले विद्यार्थीको व्यक्तित्व विकासका लागि अनुशासन आवश्यक पर्ने र खेलकूदले अनुशासित बन्न सिकाउने भएकाले खेलकूद मानव जिवनका लागि आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  २ : ४६ बजे

शंकर पोखरेलले भने- राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिलाई

आठपटक म्याद थप्दा पनि महावीर चोकसम्मको सडक अलपत्र

गोलबजार– आठौँपटक म्याद थप्दा पनि धनुषाको जनकपुर–कदम चोक–तीनकोरिया– सघारा–कमालपुल–पूर्व महावीर चोक

अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकजुट हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अवस्था परिवर्तनका लागि सबै राजनीति

हिउँदे वर्षाले काँचो इँटामा क्षति

नेपालगञ्ज– दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति

सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

बरहथवा– सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ