कर्णालीका आठ महिला उद्यमीलाई जनही एक लाख पुरस्कार « Khabarhub

कर्णालीका आठ महिला उद्यमीलाई जनही एक लाख पुरस्कार


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कर्णाली प्रदेशका आठ महिला उद्यमीले जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । महिला उद्यमीलाई कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले महिला उद्यमीलाई पुरुस्कार दिएको हो ।

‘एक जिल्ला, एक महिला उद्यमी’ पुरस्कृत गर्ने लक्ष्यअनुसार महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले निर्धारित मापदण्डअनुसार छनोट गरी उनीहरूलाई यो रकम प्रदान गरेको छ ।

कर्णालीका १० जिल्लामध्ये जाजरकोट र रुकुमपश्चिम बाहेक अन्य आठ जिल्लाका उद्यमीले पुरस्कार पाएका छन् । पुरस्कृत हुनेहरूमा डोल्पाको जगदुल्ला गाउँपालिका–३ का करुणा घरेलु तथा अल्लो उद्योगका सञ्चालक ललिता थापा, हुम्लाको सिमकोट गाउँपालिका–५ का लक्ष्मी सिलाई कटाई उद्योगका सञ्चालक लछु भण्डारी, जुम्लाको तातोपानी गाउँपालिका–५ का सृष्टि एण्ड संसार फलफूल उत्पादन तथा प्रशोधन उद्योगका सञ्चालक नारायणी चौलागाईंलाई पुरस्कारसहित सम्मान गरिएको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाका अधिकृत विना थापाले बताइन् ।

त्यस्तै, सुर्खेतको वनगाड कुपिण्डे नगरपालिका–१० का दिदीबहिनी बाख्रा फार्मका सञ्चालक गीता कुमारी पुनमगर, कालिकोटको रास्कोट नगरपालिका–५ का शाही पोल्ट्री फार्मका सञ्चालक सीता शाही, दैलेखको नारायण नगरपालिका–६ का विन्दु सिलाई कटाई उद्यमका सञ्चालक विन्दु कुमारी उपाध्याय, मुगुको छायाँनाथ रारा नगरपालिका–२ का सविना टेलर्सका सञ्चालक सविना रोकाया र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का देउती होजियारी उद्योग एण्ड ट्रेडिङ सेन्टर प्रा।लि।का सञ्चालक सुजाता पाण्डे रहेका छन् ।

उनीहरूलाई महिला दिवसको अवसरमा उत्कृष्ट उद्यमीको रूपमा जनही एक लाख रुपैयाँ प्रदान गरिएको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ५ : ०७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया