ओलीका कारण राजावादी सल्बलाएको भन्दै माओवादीको जागरण अभियान स्थगित | Khabarhub Khabarhub

ओलीका कारण राजावादी सल्बलाएको भन्दै माओवादीको जागरण अभियान स्थगित


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राजावादीहरू सल्बलाएको भन्दै ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ स्थगित गर्ने निर्णय गरेको छ ।

सरकारमा भएकाहरूले भ्रष्टाचारलाई बढावा दिने लगायतका गलत कामहरू गर्दा राजावादीहरू अनावश्यक रूपमा सल्बलाउन थालेको दावी गर्दै माओवादीले फागुन १२ गतेबाट सुरु भएको अभियान तत्कालका लागि स्थगित गरेको हो ।

‘केपी ओलीले असाध्यै गलत कामहरू गर्नुभयो । सरकारमा भएकाहरूले भ्रष्टाचारलाई बढावा दिने लगायतका गलत कामहरू गर्दा राजावादीहरू अनावश्यकरुपमा सल्वलाउन थाले,’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने, ‘यसै विषयमा छलफल गर्न भोलि (आइतबार) पदाधिकारी बैठक बोलाइएको छ । बैठकका लागि जागरण अभियान अन्तर्गतका भोलि–पर्सीका कार्यक्रमहरू अहिलेलाई स्थगित गरिएको हो ।’

उनले गणतन्त्रको विकल्प प्रतिगमन हुन नसक्ने जिकिर गर्दै राजावादी समूहविरुद्ध प्रतिरोध गर्नुपर्ने अवस्थासमेत हुन सक्ने पनि बताए । ‘अहिलेको गणतन्त्रको विकल्प राजावादी हुनै सक्दैनन् । प्रतिगमन हुनै सक्दैन,’ आचार्यले भने, ‘यस्तो अवस्थामा राजावादी विरुद्ध प्रतिरोध गर्नुपर्ने आवश्यक हुन सक्छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाह जनआन्दोलनका दोषी भए पनि छुट दिइएको भन्दै उनले ज्ञानेन्द्रले सीमा नाघेर गतिविधि गर्न थालेपछिको अवस्थामा रणनीति तय गर्न पदाधिकारी बैठक बोलाइएको पनि बताए ।

‘राजावादीहरूलाई अहिलेसम्म छुट दिँदै आइएको थियो । पूर्वराजालाई जनआन्दोलनका दोषी भए पनि छुट दिइएको थियो,’ प्रमुख स्वकीय सचिव आचार्यले भने, ‘उनी आफ्नो सीमा नाघेर गतिविधि गर्न थालेपछि अब रणनीतिक रूपमा कसरी जाने भनेर छलफल गर्न भोलि बैठक बोलाइएको छ ।’

अभियानअन्तर्गत शनिबार रौतहटमा कार्यक्रम गरिरहेको माओवादी केन्द्रले आइतबार (फागुन २५) बारामा, फागुन २६ गते पर्सामा, फागुन २७ गते चितवनमा कार्यक्रम गर्ने कार्यसूची तय गरेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ५ : १६ बजे

कागबेनी–छुसाङ सडक कालोपत्र सुरू

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्ड कालोपत्र

नख्खु कारागारलाई थाहा छैन, कति बजे आइपुग्छन् रवि लामिछाने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र

रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण

एजेन्सी– रुसले गत राति युक्रेनमाथि ठूलो मात्रामा हवाई आक्रमण गर्दै

फलफूलखेतीतर्फ किसानको आकर्षण बढ्दो

महोत्तरी– अन्नबाली, सागसब्जी र उखुलगायत बाली लगाउन भरपर्दो सिँचाइ व्यवस्था

कृष्ण जन्माष्टमी : इस्कोन मन्दिर भक्तजनहरूको भीड  (तस्बिरहरू) 

काठमाडौं– कृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि काठमाडौंको बुढानीलकण्ठस्थित इस्कोन मन्दिर