गगन थापाले भने : कुलमानसँग सरकारले गरिरहेको ‘किचकिच’ ठीक होइन « Khabarhub

गगन थापाले भने : कुलमानसँग सरकारले गरिरहेको ‘किचकिच’ ठीक होइन


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सरकारले गरिरहेको ‘किचकिच’प्रति आपत्ति जनाएका छन् ।

कांग्रेस सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर १ कार्यसमितिले शनिबार बेलघारीमा आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनमा उनले घिसिङसँग सरकारले गरिरहेको ‘किचकिच’प्रति आपत्ति जनाएका हुन् ।

‘ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ । मैले बुझ्न सकिरहेको छैन । वद्नियत हो कि, ढंग नपुगेको हो ? ३–४ महिनामा सेवा निवृत्त हुने, निवृत्त भइसकेपछि एउटा उपयुक्त व्यक्ति ल्याउने, संस्थाको नेतृत्व गर्न दिने,’ थापाले भने, ‘एउटा सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिन्छ । किचकिच गरिरहेको देखिन्छ । यस्ता कुराहरू ठीक होइनन् । उपयुक्त हुँदैन ।’

महामन्त्री थापाले मन्त्रीहरू नचाहिने काममा लाग्न नहुने र लागेको देखिए प्रधानमन्त्री केपी शर्मा ओलीले रोक्नुपर्नेमा पनि जोड दिए । ‘नचाहिने काममा कोही मन्त्री पनि लाग्नु हुँदैन । मन्त्रीहरू नचाहिने काममा लागे भने त्यसलाई रोक्ने काम प्रधनमन्त्रीको हो,’ उनले भने, ‘प्रधानमन्त्री भनेको क्याविनेटको मास्टर हो । उसले राम्रो कामको श्रेय पनि पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ ।’

महामन्त्री थापाले पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी रहेका मन्त्रीहरूलाई सके राम्रो काम गर्न र नसके नराम्रो काम नगरिदिन आग्रह पनि गरे । ‘कि तपाईं राम्रो गर्नुस् । राम्रो गर्न सक्नु हुन्न भने कम्तीमा नराम्रो नगरिदिनुस्,’ उनले भने, ‘५० वटा राम्रो काम गरेको बेलामा एउटा नराम्रो काम भयो भने त्यो नराम्रो कामको हल्लाले सबै राम्रा कामहरू छोपिन्छन् ।’

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ५ : ३२ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि