पिएम कपका लागि सिद्धार्थ रंगशाला तयार « Khabarhub

पिएम कपका लागि सिद्धार्थ रंगशाला तयार


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भैरहवा – पहिलो पटक काठमाडौं बाहिर लुम्बिनी प्रदेशको ३ वटा खेलमैदानमा प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगीता हुन गईरहेको छ ।

प्रतियोगिता भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा हुनेछन् ।

सिद्धार्थ रंगशालामा आइतबार देखी सुरुहुने पिएम कप प्रतियोगीताको तयारी पुरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले जानकारी दिएका छन् ।

मैदान सम्याउने, रंगरोधन, दर्शकदीर्घा व्यवस्थापन, सुरक्षा संरचना मजबुत बनाउने तथा अन्य भौतिक पूर्वाधार मर्मत कार्य तीव्र सकिने चरणमा पुगेको छ । उक्त पिएम कप क्रिकेट प्रतियोगीतामा ५० ओभरको खेल खेलाइने उनले भने ।

आइतबार लुम्बिनी प्रदेश र कोशी प्रदेशको विचमा प्रतिशपर्धा र एक्स्ट्राटेकमा भने एपिएफ र बागमती बागमती प्रदेश खेल्ने गुरुङले बताए । भैरहवाको सिद्धार्थ रंगशालामा क्रिकेट मैदानका अलावा अभ्यास गर्ने ठाउँ र एकेडेमीसमेत छ ।

४६ वटा खेल मध्य भैरहवाको रंगशालामा १७ वटा, एक्स्ट्राटेक १५ वटा र लमही क्रिकेट खेलमैदानमा १४ वटा खेल हुने अध्यक्ष गुरुङले बताए । उद्घाटनका लागि भने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रि दामोदर पाण्डे आउनेपनि उनले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ६ : ०० बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा