महिलालाई अधिकार दिने कुरामा नेपाल धेरै अघि छ : देउवा | Khabarhub Khabarhub

महिलालाई अधिकार दिने कुरामा नेपाल धेरै अघि छ : देउवा


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महिलालाई अधिकार दिने कुरामा नेपाल अरु देशभन्दा धेरै अगाडी रहेको बताएका छन् ।

अन्तराष्ट्रिय नारी दिवसका अवसरमा कांग्रेस महिला बिभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अरु देशमा अझै पनि महिलाहरुले अधिकार नपाइरहेको अवस्थामा नेपाल भने महिलाहरुलाई अधिकार दिने कुरामा अरु देशभन्दा धेरै अगाडी रहेको बताएका हुन् ।

उनले हरेक स्थानीय तहमा अनिवार्य रुपमा महिला प्रतिनिधित्वको व्यवस्था गरेको र देशभरिमा नै महिलाहरुलाई अधिकारसहित स्थान दिएको धारणा राखे । सभापति देउवाले आगामी दिनमा महिलाहरु राज्यका प्रभावकारी निकायमा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस नेताहरुले महिलालाई थप अधिकारसम्पन्न बनाउनका लागि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ६ : ४९ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून