इ–रिक्सा चालकसहित १३ सरसफाईकर्मी महिलालाई सम्मान « Khabarhub

इ–रिक्सा चालकसहित १३ सरसफाईकर्मी महिलालाई सम्मान


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भैरहवा – ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रम गरी शनिबार ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ ।

सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ महिला दिवस मनाएका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पनि शनिबार बिहान महिला दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँको अध्यक्ष्ता रहेको थियो भने लुम्बिनी सभा सदस्य हेमा बेलबासेको प्रमुख आथित्यतामा कार्यक्रम समपन्न भएको थियो ।

कर्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी सभा सदस्य हेमा बेलबासे नारी दिवस शुभकामना दिदै यो दिवस पर्वको रुपमा नाउदै आएको बताएकी छन । “महिलाहरुले पहिला आफुमा सुधार ल्याउनु आवश्यक छ, अनि घर,समाज, बल्ल देश परिवर्तन हुन्छ” उनले बताइन ।

यसैगरी, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँले महिलाहरुले आफ्नो हक अधिकारको लागि लड्न सधै अघिसर्न आवश्यक रहेको बताएका छन । महिलाहरुलाई संविधानले दिएको हक अधिकारको भरपुर फाइदा लिनका लागि आग्रह गरे ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले महिलाहरुले आफ्नो अधिकार मात्र खोज्ने होइन कि आफ्नो कर्तव्य पनि पुरा गर्नु आवश्यक रहेको बताएकी छन ।

यसैगरी सामाजिक अभियान्ता तथा नमुना एकिकृत विकास परिषका सदस्य ज्ञानु पौडेलले महिलाहरु हरेक पक्षमा अगाडी हुनु आवश्यक रहेको बताएकी छन । महिलाहरुले आट्यो भने कुनै कुरापनि असम्भव छैन अभियान्ता पौडेलले भनिन् ।

नगरपालिकाले महिला दिवसको अवसरमा एकजना इ–रिक्सा चालक महिला सहित १३ जना सरसफाईकर्मी महिलाहरुलाई दोसल्ला ओढाई, प्रमाणपत्र र खाद्यान्न समेत वितरण गरेको थियो ।

विभिन्न संघसंस्थामा आबद्ध रहेका व्यक्तित्वहरुको उपस्थिति नगरपालिकाले बिहान देवकोटा चोकबाट प्रभातफेरी ¥याली निकाल्दै सिद्धार्थनगर नगरपालिकको प्रङ्गणमा आएर सम्पन्न भएको गरेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ७ : ४३ बजे

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको