लगानी भित्र्याउने वातावरण बनाउन कांग्रेस नेता कोइरालाको आग्रह | Khabarhub Khabarhub

लगानी भित्र्याउने वातावरण बनाउन कांग्रेस नेता कोइरालाको आग्रह


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आर्थिक विकासका लागि विदेशमा रहेका नेपालीको लगानी भित्र्याउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

पार्टीको पूर्वआप्रवास समन्वय विभागले आज विर्तामोडमा आयोजना गरेको ‘स्वदेशदेखि विदेशसम्म’ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले लगानीमैत्री वातावरण बनाउन सके मुलुक समृद्धिको मार्गमा जान समय नलाग्ने धारणा राखे ।

“हाइड्रोपावर, कृषि उत्पादन, जडीबुटी, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा लगानी गरेर आयस्तर बढाउन सकिन्छ”, उनले भने, “यसका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्छ ।”

विदेश जाने नेपालीलाई कमदक्ष, दक्ष र अध्ययन गरी तीन किसिममा प्रकारमा बाँड्नुपर्ने धारणा राख्दै नेता कोइरालाले देश विकासका लागि विदेशमा सिकेका सीप र आर्जेको पैसा स्वदेशमा लगानी गर्ने उत्साहजनक वातावरण बनाउन आवश्यक रहेकामा जोड दिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले जनतामा चुलिएको निराशा अन्त्य गर्ने अवसर नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई प्राप्त भएको भन्दै वर्तमाने गठबन्धनबाट बनेको सरकारले जनता केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिए ।

उनले विश्वमा अर्थतन्त्रको ढाँचा फेरिएको उल्लेख गर्दै उत्पादन गर्नेले भन्दा डिजाइन र बजारीकरण गर्नेले बढी मुनाफा आर्जन गरिरहेका बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, सरिता प्रसाईं, राजीव कोइराला, सुशीला ढकाल आचार्य, डा गोविन्द पोखरेल, गोमा भट्टराई, दिनेश कोइरालालगायत वक्ताहरूले विदेशमा रहेका नेपालीलाई स्वदेशमा सीप र श्रमको सदुपयोग गर्ने नयाँ नीति र कार्यक्रमको खाँचो रहेको औँल्याएका थिए ।

दुई दिनसम्म सञ्चालन हुने अन्तरक्रियामा कोशी प्रदेशभरिका एक सयबढी प्रतिनिधिको सहभागिता रहेको विभागका कोशी प्रदेश संयोजक विज्ञानराज प्रसाईंले जानकारी दिए । कार्यक्रममा पूर्वआप्रवासीहरूको तथ्याङ्क सङ्कलन, उनीहरूमा रहेको सीप र क्षमताको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक छलफल हुने र छलफलमा उठेका विषयवस्तुको दस्तावेज बनाएर पार्टी केन्द्रीय समितिमा बुझाइने उनले उल्लेख गरे ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : १३ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार