ट्रम्पले चीनलाई दिए थप ५० प्रतिशत करको चेतावनी « Khabarhub

ट्रम्पले चीनलाई दिए थप ५० प्रतिशत करको चेतावनी


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिका र चीन दुवैले एक आपसमा ‘ट्यारिफ’को घोषणा गरेको तेस्रो दिनसम्म विश्वको शेयर बजारमा असर देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई थप चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले चीनले आफ्नो कुरामा अडिग रहेमा थप ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका हुन्।

सोमबार ह्याइट हाउसमै आफ्नो कुरा राख्नेक्रममा राष्ट्रपति ट्रम्पले वार्ताका नाममा आफ्ना कुनै घोषणा र योजनामा ढिलाई नगर्ने बताए। यो निर्णय लागू भएमा अमेरिका पुग्ने चीनको कुनै सामानको कर १०४ प्रतिशतसम्म हुनेछ।

सामाजिक सञ्जाल ट्रुथमा आफ्नो कुरा राख्दै ट्रम्पले शुक्रबार घोषणा गरेको ३४ प्रतिशत महसुलको निर्णयबाट चीन पछि नहटेमा अमेरिकाले पनि थप घोषणा गर्ने जनाएका हुन्। यसअघि अमेरिकाले मार्चमा २० प्रतिशत कर तथा गत साता थप ३४ प्रतिशत कर लगाउने निर्णय गरेको थियो।

बेइजिङले भने चीनलाई दबाब दिनु र थर्काउनु मात्र सही नभएको बताएको छ। उनले विगतमा भएको धेरै व्यापार सहमति र सम्झौता अमेरिकाको विपक्षमा रहेको भन्दै आफू अमेरिका फस्टको पक्षमा सधैँ अडिग रहने बताएका छन्।

अहिले चीन र अमेरिकाको यो व्यापार युद्धका कारण विश्व बजारमा नै त्रास उत्पन्न भएको छ। अमेरिका मुख्य बजार भएका चीनका धेरै उत्पादन अहिले समस्यामा परेका छन्।

ट्रम्पले यी सबै घोषणा लागू भएपछि पनि वार्ताको क्रममा जारी नै रहने बताएका छन्। यस क्रममा ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि भेट गरेका छन्।

JPG converted with https://ezgif.com/webp-to-jpg

अमेरिकी स्वतन्त्रता दिवसको उपलक्ष्यमा घोषणा गरिएको कर अनुसार इजरायली समानमा पनि १७ प्रतिशत कर लगाउने घोषणा गरिएको छ। राष्ट्रपति ट्रम्पले जापानले वार्ता टोली पठाउन लागेको बताए।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ६ : ०९ बजे

एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार

आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले