इरान र अमेरिकाले प्रत्यक्ष वार्ता गर्ने « Khabarhub

इरान र अमेरिकाले प्रत्यक्ष वार्ता गर्ने


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि इरानसँग प्रत्यक्ष वार्ता हुने बताएका छन्। सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको वार्तापछि ट्रम्पले सो कुराको जानकारी दिएका हुन्। उनले इरानसँग वार्ता गरेर सबै समस्याको समाधान नगरे ठुलो जोखिम हुनसक्ने बताए।

अमेरिकाले इजरायलबाट जाने सामानमा १७ प्रतिशत करको निर्णय गरेपछि नेतान्याहु ट्रम्पसँग भेटेर नै यस विषयमा छलफल गर्न अमेरिका पुगेका हुन्। नेतान्यहुले ट्रम्पसँगको वार्ता सकारात्मक भएको र यो निर्णय उल्टन सक्ने सम्भावना रहेको बताएका छन्। उनले इजरायलले विगतमा अमेरिकाले गरेको सहयोग बिर्सन नहुने बताएका छन्।

नेतानयाहुसँगको भेट अघि नै ट्रम्पले फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रों, इजिप्टका राष्ट्रपति फताहा अल सिसी र जोर्डनका राजा अब्दुल्लाहसँग एकै पटक वार्ता गरेका थिए।

ट्रम्पले दोस्रो कार्यकाल सुरु भएपछि नेतान्याहुको यो दोस्रो अमेरिका भ्रमण हो। फेब्रुअरीमा भएको पहिलो भ्रमणले गाजामा अस्थायी युद्ध विरामको बाटो खोलेको थियो।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ७ : ५१ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको