दिनभर घटेको शेयर बजार अन्तिममा बढ्यो, कारोबार कति ?  « Khabarhub

दिनभर घटेको शेयर बजार अन्तिममा बढ्यो, कारोबार कति ? 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दिनभर घटेको थियो । तर बजार बन्द हुँदा भने शेयर बजार बढेर बन्द भएको छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकाल सकाएर बिदा भएपछि अर्को गभर्नर को आउन टुंगो नलागेका कारण बजार घटेको अनुमानका बीच आज भने बजार झिनो अंकाले बढेको छ । 

आज नेप्से १.७३ प्रतिशतले बढेर २६७१.८० विन्दुमा परिसूचक पुगेको छ । आज बजार झिनो अंकले बढ्दा ५ अर्ब ३० करोड ९५ लाख ६९ हजार रुपैयाँ बरबरको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता शेयर कारोबार भएको छ । 

आज दिनभरमा १२१ वटा कम्पनीको शेयर मूल्य बढको छ भने १२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

आज दिनभरमा ३२१ वटा कम्पनी कारोबारमा आउँदा ५३ हजार ४९२ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये ६ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ । आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.८३ प्रतिशतले बढेर ७ हजार ५९.५७ विन्दुमा पुगेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.०२ प्रतिशतले बढेर १३६४.३३ विन्दुमा पुगेको छ ।

त्यस्तै, फाइनान्स ०.९२ प्रतिशतले, लघुवित्त ०.१६ प्रतिशतले, निर्जीवन बीमा ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.९१ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी अन्य समूह ०.६१ प्रतिशतले घटेर २ हजार ४४६.३२ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.०७ प्रतिशतले घटेर १९.१६ विन्दुमा पुगेको छ ।

साथै, विकास बैंक ०.३५ प्रतिशतले, होटल तथा पर्यटन ०.५४ प्रतिशतले, होइड्रोपावर ०.२२ प्रतिशतले, लगानी ०.२८ प्रतिशतले र जीवन बीमा समूह ०.०८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ११ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा