राजेन्द्र लिङ्देनको आरोप- तीनकुनेबाट प्रसाईंलाई भगाएको प्रहरीले मञ्चमा अश्रुग्यास र गोली हान्यो « Khabarhub

राजेन्द्र लिङ्देनको आरोप- तीनकुनेबाट प्रसाईंलाई भगाएको प्रहरीले मञ्चमा अश्रुग्यास र गोली हान्यो


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते भएको राजावादीको प्रदर्शनका क्रममा नेतृत्व गरेकामध्ये एक दुर्गा प्रसाईंलाई प्रहरीले नै भगाएको आरोप लगाएका छन् ।

बल्खुमा मंगलबार आयोजित राप्रपाको प्रदर्शन र आमसभालाई सम्बोधनका क्रममा प्रसाईं भगाउनमा सरकारकै हात रहेको लिङ्देनले बताएका हुन् ।

‘चैत १५ गते तीनकुनेमा प्रहरीलाई किच्ने गरी गाडी चलाउँदै आएका प्रसाईंलाई किन तत्काल पक्राउ गरिएन ? प्रहरीको ब्यारिकेड तोड्दै अघि बढेका उनलाई सरकारले नै त्यहाँबाट भगायो’, उनले भने, ‘प्रसाईंलाई नियन्त्रणमा नलिई भगाएका प्रहरीले त्यही बेला कार्यक्रम भइरहेको मञ्चमा भने अश्रुग्यास र गोली हान्ने काम गरे ।’

लिङ्देन तीनकुने घटनाका क्रममा आफूहरूका केही नेतालाई थुनिएको बताउँदै राप्रपा त्यसबाट बिचलित नभएको बताए । ‘हाम्रा नेतालाई जेलमा हालिरहने हो भने प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भन्न चाहन्छु, तपाईंहरू पनि गतिलो जेल बनाउँदै गर्नुहोला, त्यसमा बस्ने दिन आउनेछ ।’

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ३१ बजे

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका

सातै प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : प्रशासनिक संरचना पुनरावलोकनदेखि खर्च कटौतीसम्म

विराटनगर- सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रादेशिक शासनलाई सक्षम, चुस्त, मितव्ययी र

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र