बालेनलाई लिङ्देनले भने- हिरो भएर हामीलाई पत्र नकाट्नू « Khabarhub

बालेनलाई लिङ्देनले भने- हिरो भएर हामीलाई पत्र नकाट्नू


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि कटाक्ष गरेका छन् ।

मंगलबार बल्खुमा आयोजित आमसभालाई सम्बोधनका क्रममा हिरो बनेर पत्र काट्न तयार नहुने भनेका हुन् ।

उनले सभास्थलको सबै फोहोर आफूहरूले उठाउने बताउँदै पत्रका र नागरिक समाजलाई अनुगमन गरिदिन पनि भनेका छन् ।

‘यहाँ कार्यक्रमस्थलमा नागरिक समाज र पत्रकारले पनि अनुगमन गरिदिनुस्’, उनले भने, ‘हामी सबै सफा गरेर जान्छौँ । हिरो भएर हतारमा पत्र काट्नेतिर नलाग्नुस् ।’

उता कार्यक्रमका उद्घोषक राजेन्द्र गुरुङले पनि बालेन्द्रलाई स्टन्टको फेसन बन्द गर्न सुझाए । ‘बालेन साहले स्टन्ट गर्ने फेसन चलेको छ । कसैको कार्यक्रम भयो कि पत्र काटिहाल्ने’, उनले भने, ‘यो पटक बालेनले पत्रका काट्न नपाओस् । साथीहरू सबैले फोहोर संकलन गरौँ । हामीले महानगरको गाडी बोलाइसकेका छौँ ।’

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ४ : ०० बजे

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म डेजको

थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

काभ्रेपलाञ्चोक– बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ ।