बाजुराका स्थानीय तहले गरे शिक्षक आन्दोलनको समर्थन, माग सम्बोधन गर्न आग्रह   « Khabarhub

बाजुराका स्थानीय तहले गरे शिक्षक आन्दोलनको समर्थन, माग सम्बोधन गर्न आग्रह  


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुराका स्थानीय तहहरूले शिक्षकका मागमा समर्थन गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । जिल्लामा त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका, हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाले शिक्षकहरूका माग पुरा गर्न नेपाल सरकार शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाएका छन् । 

पालिकाहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई पत्र लेख्दै शिक्षकहरूका माग तत्काल पूरा एक पत्र मार्फत ध्यानाकर्षण गरिएको स्वामिकार्तिक गाउँपालिकाका खप्तड छेडेदह गाउँपालिकाका उपाध्यक्ष बिशुदेवी नाथले बताएकी छन् । नाथले नै हस्ताक्षर गरिएको पत्र मन्त्रालयलाई पठाइएको हो ।

स्थानीय तहले शिक्षा मन्त्री विद्या भट्टराईलाई पत्र लेखेर शिक्षक तथा कर्मचारीका मागहरूमा समर्थन सहित यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेका छन् । हालसम्म पनि शिक्षा ऐन जारी नभएको भन्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू २० चैतबाट अनिश्चितकालीन आन्दोलन गरिरहेका छन् । 

शिक्षकका मागहरू प्रति सरकार बेखबर जस्तो नभई तत्काल संशोधन गर्न स्थानीय तहले अपिल गरेका हुन् । आन्दोलनबाट विद्यालयका नियमित कामकाज सहित पालिकाहरूमा भर्ना अभियान तथा शैक्षिक कार्यक्रमहरू प्रत्यक्ष प्रभावित बनेको पत्रमा लेखिएको छ ।

पालिका प्रमुख तथा उपप्रमुखको हस्ताक्षरित पत्रमा पालिकामा शैक्षिक सत्र २०८२ को भर्ना अभियान शैक्षिक क्यालेन्डर अनुसार सञ्चालन गर्न नसकेको समेत उल्लेख गरिएको छ । 

विद्यार्थीहरूको पठनपाठनमा दीर्घकालीन असर पर्ने भएकाले शिक्षक तथा कर्मचारीहरूका जायज मागहरूमा समर्थन सहित यथोचित मागहरू सम्बोधन गर्नुपर्ने त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाले बताएका छन् । शिक्षकका मागहरू पुरा हुनुपर्ने र उच्च मनोबलका साथ काममा फर्कने वातावरण सिर्जना गर्न सरकार तयार हुनु पर्ने सुझाव बुढीगंगा नगरपालिकाका नगरप्रमख रामबहादुर बानियाको छ । 

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनमा छन् । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले आजबाट आम शैक्षिक हडताल समेत घोषणा गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ६ : २२ बजे

तोसिमा कार्कीले पाइन् टिकट, पुरानै क्षेत्र ललितपुर ३ बाट उठ्ने

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र

सरकारले खारेज गर्‍यो विवादित प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं– सरकारले अनुत्पादक र विवादित रहँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम

एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर

काठमाडौं– एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन्

‘भयमुक्त वातावरणमा निर्वाचन हुन्छ’ 

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र,

बौद्ध भुवनेश्वर माविका विद्यार्थीलाई विद्यालय बसको सुविधा 

दोलखा– जिल्लाको जिरी नगरपालिका-२ को विकट गाउँ यलुङको बौद्ध भुवनेश्वरी