समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको दाबी : फागुनसम्म ७१५५ बचतकर्ताको बचत फिर्ता « Khabarhub

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको दाबी : फागुनसम्म ७१५५ बचतकर्ताको बचत फिर्ता


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म समस्याग्रस्त सहकारीबाट थप पाँच हजार आठ सय ५६ जना बचतकर्ताको बचत फिर्ता गरेको जनाएको छ । 

कार्यालयले एक तथ्यांक सार्वजनिक गर्दै गत असार मसान्तसम्म एक हजार दुई सय ९९ जनाको बचतकर्ताको फरफारक भएको र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म फरफारक हुनेको संख्या सात हजार एक सय ५५ जना पुगेको जनाएको छ ।

कार्यालयकाअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म समितिले ८० करोड रुपैयाँ बचतकर्ताको फरफारकका लागि भुक्तानी गरेको छ । हालसम्म एक अर्ब ६३ करोड ६५ लाख २० हजार ८७४ रुपैयाँ फिर्ता गर्दै सात हजार एक सय ५५ जना बचतकर्ताको फरफारक गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार कार्यालयले हालसम्म समस्याग्रस्त सहकारीको तर्फबाट एक हजार जनालाई आंशिक भुक्तानी गरेको छ । तर, सो कार्यालयमा सूचीकृत भएका २२ वटा समस्याग्रस्त सहकारीका ६२ हजार ७१० जना बचतकर्ताले ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपैयाँ बचत फिर्ताको माग दाबी गरेका छन् । 

अहिलेसम्म कार्यालयले फिर्ता गरेको माग दाबी रकम घटाउँदा पनि अब ३८ अर्ब २५ करोड ८९ लाख ४६ हजार ६५२ रुपैयाँ फिर्ता गर्न बाँकी रहेको देखिएको छ ।

साथै, कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आठ सय ऋणी र बचतकर्ताको बीचमा एक अर्ब १० करोड रुपैयाँ बराबरको हिसाब मिलान गरिएको जनाएको छ । चालु आर्थिक वर्षमा ९ वटा सहकारीको बचत फिर्ता गरी राफसाफ गर्ने योजना सार्वजनिक गरेको कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म थप एउटा मात्रै सहकारीको राफसाफ गर्न सफल भएको तथ्यांकमा उल्लेख गरेको छ ।

१३ हजार ७५ जना ऋणी सदस्यबाट २३ अर्ब बढी रकम असुली गर्ने प्रक्रियामा सात हजार ऋणीको बैंक खाता र अचल सम्पत्ति रोक्का गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ६ : ५८ बजे

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार