सामाजिक सञ्जालमा खुस्बु ओलीमाथि अपमान | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा खुस्बु ओलीमाथि अपमान


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


22.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आयोजना गरेको सभामा मंगलबार पार्टी नेतृ खुश्बु ओली नयाँ परिहनमा देखिएकी थिइन् । राष्ट्रिय झण्डा बोकेर सेतो टि–शर्टमा देखापरेकी राजावादी नेतृ खुश्बुले टि–शर्टमा कलात्मक ढंगबाट राजनीतिक नाराहरु लेखेकी थिइन् ।

टि–शर्टको बीच भागमा ‘काण्ड’ लेखिएको थियो भने माथि ‘क्यान्टोनमेन्ट’ र तल ‘यति’ लेखिएको थियो ।

वरिपरि कांग्रेस, एमालेलाई व्यंग्य गर्दै ललितानिवास, एनसेल, वाइडबडी, सुडान, भुटानी शरणार्थी, ओम्नी, गिरीबन्धु र सुनकाण्ड लेखिएको थियो ।

सत्ता पक्षले गरेका भ्रष्टाचार काण्डको विरोध गर्ने खुश्बुले अपनाएको शैली निकै नै रोचक देखिन्थ्यो ।

तर, अचेल सोसियल मिडियाको दुरुपयोग यति धेरै बढेको छ कि खुश्बुको टिशर्टमा साइबर सेनाले विभिन्न नाराहरु थप्न भ्याइहाले । र, खुश्बुकै जस्तो देखिने गरी विभिन्न नाराहरु थपेर फेसबुकमा पोस्ट गर्न थालियो ।

सर्वसाधारणले हेर्दा कुनचाहिँ तस्बिर सक्कली र कुन चाहिँ नक्कली भनेर छुट्याउनै गाह्रो हुने स्थिति देखियो ।

एकथरिले खुश्बुको तस्बिरमा राजाका पालामा भएका काण्डहरु थपे । जहाँ लेखियो– राजदरबार हत्या, सुन, तस्करी, ड्रग्स, मूर्तिचोरी, गैंडा र नमिता सुमिता काण्ड । त्यस्तै ‘यति’ लेखिएका ठाउँमा साइबर सेनाहरुले ‘चरी’ समेत लेख्न भ्याए ।

विगतमा प्रहरीको इनकाउन्टरमा मारिएका चरी डनकी प्रेमिका रहेको भन्दै कतिपयले सोसल मिडियामा खुश्बुलाई गालीसमेत गरे ।

गत चैत १५ गते तीन कुनेमा भएको जस्तो हिंसात्मक प्रदर्शन गर्नुको साटो मंगलबार राप्रपाको कार्यक्रममा खुश्बुले अपनाएको तरिकालाई लोकतन्त्रमा स्वाभाविक पक्ष मान्न सकिन्छ ।

तर, सोसल मिडियाको स्वच्छन्द प्रयोगका कारण खुश्बुले जसरी प्रदर्शनमा उत्रँदा आफ्नै तस्बिरमा नानाभाँती पोतिनु चाहिँ पक्कै पनि दुःख पक्ष हो ।
सामाजिक सञ्जालमा यसरी अरुको तस्बिरलाई गलत तरिकाले प्रस्तुत गर्नु साइबर अपराध हो भन्ने डिजिटल साक्षरता जरुरी देखिएको छ ।

त्यति मात्रै होइन, अरुको तस्बिर दुरुपयोग गर्नेमाथि कानूनी कारवाही हुन सके यस्ता साइबर अपराधहरु घट्ने थिए कि ?

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ७ : ४० बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्