भारत र पाकिस्तानसहित १४ देशमा साउदीले लगायो भिसा प्रतिबन्ध « Khabarhub

भारत र पाकिस्तानसहित १४ देशमा साउदीले लगायो भिसा प्रतिबन्ध


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इस्लाम धर्मको गढ मानिने साउदी अरेबियाले भारत र पाकिस्तानसहित विश्वका १४ देशको भिसामा अस्थायी प्रतिबन्ध लगाएको छ ।

साउदी अरेबिया सरकारले यो अस्थायी प्रतिबन्ध व्यापार र पारिवारिक भिसाका साथै उमराह भिसामा पनि लागू हुने जनाएको छ ।

यो उल्लेखनीय छ कि मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी सरकारले अन्य देशका मानिसहरूलाई दर्ता बिना हजमा भाग लिनबाट रोक्न यो प्रतिबन्ध लगाएको हो ।तर यो अस्थायी प्रतिबन्ध सबै देशहरूमा मध्य जुनसम्म अर्थात् यस वर्षको हज पूरा नभएसम्म मात्र जारी रहनेछ। त्यसपछि भिसा कार्यक्रम सामान्य रूपमा लागू हुनेछ।

उमराह भिसा अप्रिल १३ सम्म उपलब्ध हुनेछ । साउदी अरेबियाका अधिकारीहरूले भने कि विदेशीहरू यस महिनाको १३ तारिख अर्थात् अप्रिल १३ सम्ममात्र उमराह भिसाका लागि आउन सक्छन् । १३ अप्रिलपछि उमराह भिसा रोकिने छ।

वास्तवमा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले गत वर्ष हजारौं मानिसको मृत्युलाई ध्यानमा राख्दै यस वर्ष भिसा प्रतिबन्धको यो निर्णय लिएका हुन्। गत वर्ष हजका क्रममा भागदौडमा एक हजारभन्दा बढीको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश अनधिकृत हज तीर्थयात्री थिए।

यस्तो अवस्थामा यस वर्षको यो अस्थायी भिसा प्रतिबन्धको कारण दर्ता नभएका हज यात्रीहरूलाई रोक्नु हो। त्यसैले साउदी युवराज मोहम्मद बिन सलमानले हजको समयमा व्यवस्था कायम राख्न १४ देशको भिसा नियम परिवर्तन गरेका हुन् ।

साउदी अरेबियाले भिसा प्रतिबन्ध लगाएको देशमा भारत, पाकिस्तान, बंगलादेश, इजिप्ट, इन्डोनेसिया, नाइजेरिया, इराक, जोर्डन, अल्जेरिया, सुडान, इथियोपिया, ट्युनिसिया र यमन समावेश छन्।

साउदी अरबको विदेश मन्त्रालयले यात्रा नियमलाई सरल बनाउन यो अस्थायी भिसा प्रतिबन्ध लगाइएको जनाएको छ । यसले हजको समयमा तीर्थ यात्रीहरूको सुरक्षामा सुधार हुनेछ र यात्रा धेरै सहज हुने अपेक्षा गरेको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ६ : ३५ बजे

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।