बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपियाँ ४३ पैसा र बिक्रीदर १३६ रुपियाँ ०३ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५३ रुपियाँ ९५ पैसा र बिक्रीदर १५४ रुपियाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० रुपियाँ ८० पैसा र बिक्रीदर १८१ रुपियाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपियाँ ३७ पैसा र बिक्रीदर १६५ रुपियाँ ०९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७० पैसा र बिक्रीदर ८८ रुपियाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ १९ पैसा र बिक्रीदर ९८ रुपियाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ९२ पैसा र बिक्रीदर १०५ रुपियाँ ३९ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर ९ रुपियाँ ४५ पैसा र बिक्रीदर ९ रुपियाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७४ पैसा र बिक्रीदर १८ रुपियाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ११ पैसा र बिक्रीदर ३६ रुपियाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ १५ पैसा र बिक्रीदर ३७ रुपियाँ ३२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १५ पैसा र बिक्रीदर चार रुपियाँ १६ पैसा, युएई दिराम एकको खरिदर ३६ रुपियाँ ८७ पैसा र बिक्रीदर ३७ रुपियाँ ०४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ८५ पैसा र बिक्रीदर ३२ रुपियाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपियाँ ७३ पैसा र बिक्रीदर ९ रुपियाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ११ पैसा र बिक्रीदर १४ रुपियाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ६३ पैसा र बिक्रीदर २० रुपियाँ ७२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४५ पैसा र बिक्रीदर १७ रुपियाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४१ रुपियाँ ७४ पैसा र बिक्रीदर ४४३ रुपियाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३५९ रुपियाँ २० पैसा र बिक्रीदर ३६० रुपियाँ ७९ पैसा, ओमनी रियाल एकको खरिददर ३५१ रुपियाँ ७७ पैसा र बिक्रीदर ३५३ रुपियाँ ३३ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : ५१ बजे

विदेश जाने सपना टुटे पनि गोठबाट मिल्यो स्वदेशमै सफलता 

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूध–दही किन्न

प्रतिपक्षको सुझाव- संवैधानिक निकाय भत्काउने काम नहोस्

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ३ लाख मुनि झरेको

खोटेहाङका चार कृषकसहित विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत

खोटाङ– खोटेहाङ गाउँपालिकाले चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा

कीर्तिमानी १०० औँ टी-२० खेलमा हङकङसँग फाइनल खेल्दै दीपेन्द्रसिंह ऐरी

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सोमबार