नेपालबाट भारत छिर्न लागेका चारजना चिनियाँ रक्सौल नाकामा पक्राउ | Khabarhub Khabarhub

नेपालबाट भारत छिर्न लागेका चारजना चिनियाँ रक्सौल नाकामा पक्राउ


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पाकिस्तानमा मंगलबार राति भारतले आक्रमण गरेपछि नेपाल-भारत सीमाक्षेत्रमा सुरक्षा कडा बनाइएको छ ।

सुरक्षा निगरानीका क्रममा नेपालको वीरगञ्जसँगैको रक्सौल मैत्री पुलनजिक चारजना चिनियाँ पक्राउ परेका छन् ।

नेपालबाट रक्सौल सीमाको बाटो हुँदै अवैध रूपमा भारत प्रवेश गर्न खोजिरहेका चारजना चिनियाँ नागरिकलाई सीमा सुरक्षा बल (एसएसबी) ले रक्सौल मैत्री पुलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चारैजना चिनियाँ नागरिकले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेका एसएसबीले जनाएको छ । नीहरू हिन्दी, नेपाली, अंग्रेजी र चिनियाँ भाषामा बोल्न जान्ने रहेको भारतीय सुरक्षा निकायले जनाएको छ।

भारतीय सुरक्षा निकायले ती चिनियाँहरूको सम्बन्ध पाकिस्तानसँग रहेको आरोप लगाएका छन् । उनीहरू पाकिस्तानमा रहेका एक व्यक्तिसँग कुराकानी गरिरहेको अवस्थामा भेटिएका दाबी एसएसबीको छ।

ती चिनियाँ नागरिक पछिल्लो एक सातादेखि काठमाडौंमा थिए। उनीहरू किन भारतमा अवैध रूपमा प्रवेश गर्न खोजेका थिए भन्ने खुलेको छैन ।

भारतीय सुरक्षा एजेन्सीहरूले उनीहरूसँग सोधपुछ गरिरहेका छन्। ‘अपरेशन सिन्दूर’पछि भारत–नेपालको रक्सौल सीमामा एसएसबीलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।

त्यसकै कारण नेपालबाट आउने–जाने सबै व्यक्तिको रक्सौल नाकामा कडा जाँच भइरहेको छ । भारतमा प्रवेश गर्ने व्यक्तिहरूको परिचयपत्र कडाइका साथ जाँच गरिँदैछ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १ : ५८ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका