धर्मशालामा हुने आईपीएलको खेल नरोकिने, पञ्जाब र दिल्ली भिड्दै « Khabarhub

धर्मशालामा हुने आईपीएलको खेल नरोकिने, पञ्जाब र दिल्ली भिड्दै


२५ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- इन्डियन प्रिमियर लिग (आईपीएल) का अध्यक्ष अरुण धुमलकाले हिमाचल प्रदेशको धर्मशालामा बिहीबार हुने खेल नरोकिने बताएका छन् ।

बिहीबार साँझ हुने खेलमा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीच धर्मशालामा भिड्दैछन् ।

भारतले मंगलबार राति पाकिस्तानमा आक्रमण गरेपछि यस खेलमा अनिश्चितता देखिएको थियो ।

पाकिस्तानमाथि आक्रमण गरेपछि भारतका धेरै एयरपोर्टहरूमा व्यावसायिक उडान अस्थायी रूपमा रोकिएका छन्। धर्मशालाको एयरपोर्ट पनि त्यही सूचीमा परेको हो।

इन्डिगो एयर र स्पाइसजेटले यसबारे सामाजिक सञ्जाल ‘एक्स’ मा यसबारे जानकारी दिएका छन्।

तर, आईपीएल अध्यक्ष अरुण धूमलले ‘इन्डियन एक्सप्रेस’ सँग कुरा गर्दे खेल निर्धारित कार्यक्रम अनुसार नै हुने बताएका छन् ।

यसबाहेक अब ११ मेमा धर्मशालामा पञ्जाब किङ्ग्स र मुम्बई इन्डियन्सबीच अर्को खेल तय भएको छ। धूमलले भनेका छन्, ‘११ मेको पञ्जाब र मुम्बईको खेल अहिले टाढैको कुरा हो, पछि थप निर्णय हुनेछ ।’

धूमलले यदि सरकारबाट कुनै सुझाव वा निर्देशन आएमा त्यसका आधारमा निर्णय लिइने बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  २ : १० बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ