धर्मशालामा हुने आईपीएलको खेल नरोकिने, पञ्जाब र दिल्ली भिड्दै « Khabarhub

धर्मशालामा हुने आईपीएलको खेल नरोकिने, पञ्जाब र दिल्ली भिड्दै


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- इन्डियन प्रिमियर लिग (आईपीएल) का अध्यक्ष अरुण धुमलकाले हिमाचल प्रदेशको धर्मशालामा बिहीबार हुने खेल नरोकिने बताएका छन् ।

बिहीबार साँझ हुने खेलमा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीच धर्मशालामा भिड्दैछन् ।

भारतले मंगलबार राति पाकिस्तानमा आक्रमण गरेपछि यस खेलमा अनिश्चितता देखिएको थियो ।

पाकिस्तानमाथि आक्रमण गरेपछि भारतका धेरै एयरपोर्टहरूमा व्यावसायिक उडान अस्थायी रूपमा रोकिएका छन्। धर्मशालाको एयरपोर्ट पनि त्यही सूचीमा परेको हो।

इन्डिगो एयर र स्पाइसजेटले यसबारे सामाजिक सञ्जाल ‘एक्स’ मा यसबारे जानकारी दिएका छन्।

तर, आईपीएल अध्यक्ष अरुण धूमलले ‘इन्डियन एक्सप्रेस’ सँग कुरा गर्दे खेल निर्धारित कार्यक्रम अनुसार नै हुने बताएका छन् ।

यसबाहेक अब ११ मेमा धर्मशालामा पञ्जाब किङ्ग्स र मुम्बई इन्डियन्सबीच अर्को खेल तय भएको छ। धूमलले भनेका छन्, ‘११ मेको पञ्जाब र मुम्बईको खेल अहिले टाढैको कुरा हो, पछि थप निर्णय हुनेछ ।’

धूमलले यदि सरकारबाट कुनै सुझाव वा निर्देशन आएमा त्यसका आधारमा निर्णय लिइने बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  २ : १० बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति