१५ शहरलाई लक्षित गरी पाकिस्तानले हानेका ड्रोन र क्षेप्यास्त्र निस्तेज, लाहोरको हवाई रक्षा प्रणाली पनि ध्वस्त : भारतीय रक्षा मन्त्रालय « Khabarhub

१५ शहरलाई लक्षित गरी पाकिस्तानले हानेका ड्रोन र क्षेप्यास्त्र निस्तेज, लाहोरको हवाई रक्षा प्रणाली पनि ध्वस्त : भारतीय रक्षा मन्त्रालय


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले गएराति पाकिस्तानले विभिन्न १५ शहरलाई लक्षित गर्दै प्रहार गरेका चालकरहित हवाइ उपकरण ‘ड्रोन’ र क्षेप्यास्त्र निस्तेज पारेको जनाएको छ । भारतीय रक्षा मन्त्रालयले गएराति भारतका उत्तर तथा पश्चिमी भूभागका १५ शहरलाई लक्षित गरी पाकिस्तानले गरेको ड्रोन र क्षेप्यास्त्र आक्रमण निस्तेज पारेको जनाएको हो ।

रक्षा मन्त्रालयका अनुसार पाकिस्तानले भारतका अनन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुदियाना, आमदपुर, भटिन्डा, चण्डिगढ, नाल, फालोदी, उत्तरलाइ र भुज शहरलाई लक्षित गरी आक्रमणको प्रयास गरेको थियो । भारतको हवाइ रक्षा प्रणाली तथा ड्रोन प्रतिरोधी ग्रिडको सहायताले आक्रमण निस्तेज पारिएको मन्त्रालयले उल्लेख गरेको छ ।

यी आक्रमणको जवाफस्वरुप भारतले पाकिस्तानमा रहेका हवाई रक्षा रडार प्रणालीलाई लक्षित गरी प्रत्याक्रमण गरेको मन्त्रालयले जनाएको छ । जवाफी आक्रमणका क्रममा लाहोरमा रहेको हवाई रक्षा रडार प्रणाली ध्वस्त पारेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ४ : ५१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब