भारतले इजरायली ड्रोन हान्यो : पाकिस्तानी सेना « Khabarhub

भारतले इजरायली ड्रोन हान्यो : पाकिस्तानी सेना


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमाथि आक्रमण गर्न भारतले इजरायलमा निर्मित हतियार प्रयोग गरेको पाकिस्तानी पक्षले दाबी गरेको छ । पाकिस्तानी सेनाको अन्तरसेवा जनसम्पर्क कार्यालय (आईएसपीआर) ले जनाएअनुसार भारतले पाकिस्तानी भूमिमा आक्रमण गर्नका लागि इजरायलमा निर्मित हारोप नामक चालहरहित हवाई उपकरण (ड्रोन) प्रयोग गरेको जनाएको छ ।

आईएसपीआरका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतबाट प्रहार भएका यस्ता २५ वटा हारोप ड्रोन खसालेको जानकारी दिएका छन् । उनले ती ड्रोनहरु कराँची र लाहोरसहित विभिन्न स्थानमा निस्तेज पारिएको पनि दाबी गरे ।

भारतले आफ्नो भूमिमा आक्रमण गर्न इजरायलमा निर्मित हारोप ड्रोनको प्रयोग गरेको विषयलाई ‘गम्भीर, धेरै गम्भीर उत्तेजना’ को संज्ञा दिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । हाल पाकिस्तानी सेना उच्च सतर्कताको अवस्थामा रहेको उनको भनाइ छ ।

हारोप ड्रोन इजरायली कम्पनी इजरायल एरोस्पेस इन्डष्ट्रीको एमबीटी मिसाइल डिभिजनले निर्माण गर्दै आएको छ । दुश्मनको हवाई रक्षा प्रणालीलाई निस्तेज पार्नका लागि यस ड्रोनको प्रयोग हुने गरेको बताइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : ०५ बजे

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार