भारतले इजरायली ड्रोन हान्यो : पाकिस्तानी सेना « Khabarhub

भारतले इजरायली ड्रोन हान्यो : पाकिस्तानी सेना


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमाथि आक्रमण गर्न भारतले इजरायलमा निर्मित हतियार प्रयोग गरेको पाकिस्तानी पक्षले दाबी गरेको छ । पाकिस्तानी सेनाको अन्तरसेवा जनसम्पर्क कार्यालय (आईएसपीआर) ले जनाएअनुसार भारतले पाकिस्तानी भूमिमा आक्रमण गर्नका लागि इजरायलमा निर्मित हारोप नामक चालहरहित हवाई उपकरण (ड्रोन) प्रयोग गरेको जनाएको छ ।

आईएसपीआरका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतबाट प्रहार भएका यस्ता २५ वटा हारोप ड्रोन खसालेको जानकारी दिएका छन् । उनले ती ड्रोनहरु कराँची र लाहोरसहित विभिन्न स्थानमा निस्तेज पारिएको पनि दाबी गरे ।

भारतले आफ्नो भूमिमा आक्रमण गर्न इजरायलमा निर्मित हारोप ड्रोनको प्रयोग गरेको विषयलाई ‘गम्भीर, धेरै गम्भीर उत्तेजना’ को संज्ञा दिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । हाल पाकिस्तानी सेना उच्च सतर्कताको अवस्थामा रहेको उनको भनाइ छ ।

हारोप ड्रोन इजरायली कम्पनी इजरायल एरोस्पेस इन्डष्ट्रीको एमबीटी मिसाइल डिभिजनले निर्माण गर्दै आएको छ । दुश्मनको हवाई रक्षा प्रणालीलाई निस्तेज पार्नका लागि यस ड्रोनको प्रयोग हुने गरेको बताइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : ०५ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा