‘रियालिटी शो’का प्रतिस्पर्धीहरूलाई राष्ट्रपति पौडेलद्वारा स्वागत « Khabarhub

‘रियालिटी शो’का प्रतिस्पर्धीहरूलाई राष्ट्रपति पौडेलद्वारा स्वागत


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकबाट नेपाल आइपुगेका ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धीहरूलाई राष्ट्रपति निवास शीतल निवासमा आज एक कार्यक्रम आयोजना गरी स्वागत गरेका छन् । 

परोपकारी संस्था ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’को आयोजनामा नेपालमा जारी दुई रियालिटी शोका प्रतिस्पर्धीहरूलाई स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाली संस्कृतिलाई जीवन्त राख्न आआफ्नो स्थानबाट पहल गर्न आग्रह गरे।

राष्ट्रपति पौडेलले विभिन्न मुलुकबाट नेपाल आएका प्रतिस्पर्धीहरू सांस्कृतिक दूत भएको उल्लेख गर्दै नेपाली संस्कृतिलाई विश्वव्यापीरुपमा नेपाली समुदायमा पुर्‍याउन इन्ट्रा फाउण्डेसनको प्रयासको प्रशंसा गरे। नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट प्रत्येक साताको बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स प्रसारण सुरु भएको छ भने आइतबार र सोमबार मेरो डान्स युनिभर्स प्रसारण हुन थालेको छ ।

इन्ट्रा फाउण्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले विश्वभरका नेपाली जातिलाई संस्कृतिको एउटै मालामा उनेर नेपालसँग जोड्न फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको सपनालाई यी रियालिटी शोले मूर्तरूप दिइरहेको जानकारी दिए । विश्वका ६० देशमा बस्ने नेपालीहरू यी कार्यक्रमहरूसँग जोडिएको र २३ देशका नेपाली प्रतिभाहरू नेपाल ल्याइएको उनले बताए। 
 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : १४ बजे

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को