पाकिस्तानमाथि आक्रमणको कथावस्तुमा सिनेमा बनाउन ‘अपरेशन सिन्दुर’ ट्रेडमार्क लिने होड « Khabarhub

पाकिस्तानमाथि आक्रमणको कथावस्तुमा सिनेमा बनाउन ‘अपरेशन सिन्दुर’ ट्रेडमार्क लिने होड


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले पाकिस्तानमाथि हवाइ आक्रमण गर्न ‘अपरेशन सिन्दुर’ सञ्चालन गरेसँगै यस नामको ‘ट्रेडमार्क’ दर्ता गर्ने होडबाजी शुरु भएको छ । भारतले बुधबार सबेरै ९ स्थानलाई लक्षित गर्दै पाकिस्तानी भूमिका ९ स्थानमा हवाई आक्रमण गरेको थियो ।

यससँगै ‘अपरेसन सिन्दुर’ मा आधारित रहेर सिनेमा र वेब सिरिज बनाउनका लागि भारतीय कम्पनीबीच नामको ‘ट्रेडमार्क’ लिने होडबाजी शुरु भएको हो । हालसम्म उक्त नामका लागि कम्तीमा चार वटा आवेदन परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय समाचार पोर्टल द प्रिन्टका अनुसार ‘नाइस क्लासिफिकेसनको ४१ औँ क्लास’ अनुसार ‘अपरेशन सिन्दुर’ को ‘ट्रेडमार्क’ दाबी गर्न आवेदन परेको हो । यस क्लासिफिकेसन अनुसार शैक्षिक मनोरञ्जनात्मक र खेलकुद÷साँस्कृतिक गतिविधिका लागि ‘ट्रेडमार्क’ दिइन्छ ।

भारतको पेटेन्ट डिजाइन तथा ट्रेड मार्क कार्यालयका अनुसार सर्वप्रथम रिलायन्स इण्डष्ट्रिजले ‘अपरेशन सिन्दुर’ को पहिलो ट्रेडमार्क आवेदन दिएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : ३६ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।