नेपालमा कुष्ठरोग उन्मूलनमा चुनौति, वर्षेनी २ हजार नयाँ बिरामी थपिँदै  « Khabarhub

नेपालमा कुष्ठरोग उन्मूलनमा चुनौति, वर्षेनी २ हजार नयाँ बिरामी थपिँदै 


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हालसम्म करिब दुई लाखको सङ्ख्यामा कुष्ठरोगका बिरामी रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

नेपालले विसं २०६६ मा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम कुष्ठरोगलाई जनस्वास्थ्य समस्याका रूपमा नरहेको घोषणा गरिसकेको छ । कुष्ठरोग उन्मूलनसम्बन्धी विश्वव्यापी लक्ष्यअनुरूप नेपालले सन् २०३० भित्र कुष्ठरोग उन्मूलन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त लक्ष्य पूरा गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रयासरत छ । विगत दश वर्षयता प्रत्येक वर्ष औसतमा दुई हजार ८६७ जनाका दरले नयाँ बिरामी फेला परेका मन्त्रालयले जनाएको छ ।

१८ जिल्लामा मापदण्डभन्दा बढी अर्थात् प्रति दश हजारमा एकजना कुष्ठारोगी फेला परिरहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवले डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मधेस प्रदेशमा र सबैभन्दा कम गण्डकी प्रदेशमा भेटिएका छन् । मुलुकका ७७ जिल्लामध्ये १८ जिल्ला कुष्ठरोगको उच्च जोखिममा रहेकाले यसको उन्मूलन चुनौतीपूर्ण देखिएको उनले बताए ।

नेपालमा कुष्ठरोगका कारणले झण्डै दुई लाख जना व्यक्ति प्रभावित भएका जनाउँदै डा. देवकोटाले त्यसमध्ये करिब ३० हजार अपाङ्गता भएका व्यक्ति रहेका अनुमान गरिएको बताए । नेपालमा कुष्ठरोग प्रभावित व्यक्ति र तिनका परिवारका सदस्यको आर्थिक स्थिति चिन्ताजनक रहेको मन्त्रालयका अधिकारहरू बताउँछन् । प्रभावित व्यक्‍तिमध्ये कम सङ्ख्यामा मात्र रोजगारी प्राप्त गरेका छन् भने रोजगारीका लागि आवश्यक पर्ने सीप र अनुभव नभएका व्यक्ति बढी रहेका मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन तथा अन्य सङ्घ, सङ्घसंस्थासँगको सहकार्यमा मन्त्रालयको स्वास्थ्य विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मातहत रहेको कुष्ठरोग नियन्त्रण तथा व्यवस्थापन शाखाबाट कुष्ठरोगको उन्मूलन गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ । सङ्घीय सरकारबाट जारी भएको राष्ट्रिय कुष्ठरोग रणनीति कार्यान्वयनमा छ । सरकारले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा कुष्ठरोगका कारण बिरामी परेका व्यक्तिलाई निःशुल्क औषधि उपलब्ध गराएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुष्ठरोग उन्मूलनका लागि नयाँ रणनीति निर्माण गरिने बताएका छन्। आज यहाँ आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’मा उनले सन् २०३० सम्म यो रोग उन्मूलनका लागि प्राथमिकता निर्धारण गर्दै आवश्यक रणनीति अख्तियारको आवश्यकता औँल्याए ।

मन्त्री पौडेलले यस सम्मेलनले अब बन्ने रणनीतिमा स्पष्टता ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे । धेरै सङ्घसंस्थाको सहकार्यका बावजुत उन्मूलन अभियानले तीव्रता लिन नसकेको स्वीकार गर्दै उनले त्यसका लागि कानुनी र सामाजिक दुवै पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

उनले कुष्ठरोग उन्मूलनका लागि आवश्यक कानुन निर्माणसँगै समाजमा जनचेतना अभिवृद्धिको पाटो महत्त्वपूर्ण भएको बताए । प्र्रभावित समाजमा खुल्न नसक्दा उन्मूलनमा चुनौती देखिएकाबारे चर्चा गर्दै उनले स्थानीय तहसँग समन्वय र सहकार्य आवश्यक पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : ४५ बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको