पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन « Khabarhub

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा रहेको अमेरिकी महावाणिज्य दूतावासले कर्मचारीहरूलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिएको छ ।

पाकिस्तानको लाहौरस्थित अमेरिकी महावाणिज्य दूतावासले लाहोर र नजिकका उपनगरहरूको हवाई क्षेत्रमा ‘ड्रोन विस्फोट’ र भारतद्वारा ‘सम्भावित हवाई क्षेत्रमां घुसपैठ’ को मध्येनजर गर्दै आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिएको हो ।

वाणिज्य दूतावासको वेबसाइटमा जारी बयानमा भनिएको छ, ‘ पाकिस्तानी अधिकारी लाहोरको मुख्य हवाई अड्डा आसपासका क्षेत्र खाली गराउन सक्ने प्ररम्भीक सूचना वाणिज्य दूतावासलाई प्राप्त भएको छ ।’

महावाणिज्य दूतावासले अमेरिकी नागरिकलाई सुरक्षित स्थानमा जान, अमेरिकी सरकारको सहायतामा निर्भर रहेका नागरिकलाई पाकिस्तानबाट बाहिरिने योजना बनाउन, ट्राभल दस्तावेज तयार राख्न र परिचय पत्र सँगै राखेर अधिकारीहरूलाई सघाउन पनि भनेको छ ।

–बीबीसीबाट

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : ५४ बजे

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक