एमालेलाई राष्ट्रिय शक्ति बनाउन युवाको भूमिका महत्वपूर्ण : महासचिव पोखरेल | Khabarhub Khabarhub

एमालेलाई राष्ट्रिय शक्ति बनाउन युवाको भूमिका महत्वपूर्ण : महासचिव पोखरेल


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई राष्ट्रिय शक्ति बनाउन युवाको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा बिहीबार पोखरामा आयोजित भेलामा उनले पार्टीभित्र ४० वर्ष मुनिका युवालाई आरक्षणसहितको विशेष संरचना बनाइएको जानकारी दिए।

उनले भने, ‘एमालेलाई निर्णायक शक्ति बनाउने सामर्थ्य कसैसँग छ भने, त्यो ४० वर्ष मुनिका युवासँग छ।’ वडा तहदेखि केन्द्रीय तहसम्म युवालाई नेतृत्वमा ल्याउने नीति एमालेले अगाडि सारेको उनको दाबी छ।

अबको पार्टी निर्माणको दिशा युवाबीच प्रवेश गर्नेतर्फ केन्द्रित हुने उनले बताए। ‘देशको ठूलो हिस्सा युवा मतदाताले ओगटेका छन्, त्यसैले पार्टीले युवाबीच गहिरो उपस्थिति जनाउनुपर्छ,’ उनले जोड दिए।

पार्टीमाथि भइरहेको चौतर्फी आक्रमणको सन्दर्भमा सबै नेताहरू एकजुट भएर प्रतिकार गर्नुपर्ने आवश्यकता उनले औंल्याए। विगतमा भएका विभाजन प्रयासको उल्लेख गर्दै उनले ती सबै चुनौती सामना गर्दै एमालेलाई पुनः जनताको रोजाइको पहिलो पार्टी बनाइएको बताए।

तर, उनले एमाले अझै पनि एक्लै सरकार चलाउने स्थिति सिर्जना गर्न नसकेको स्वीकार गरे। ‘२०८४ को निर्वाचनमा एमालेलाई एकल सरकार सञ्चालन गर्न सक्ने पार्टी बनाउनु आवश्यक छ,’ उनले भने।

हाल दुई ठूला पार्टी मिलेर देशलाई संकटमुक्त बनाउन प्रयासरत रहेको उल्लेख गर्दै उनले यो सहकार्यपछि मुलुक आर्थिक सञ्चिति र विकासको बाटोमा अघि बढेको तर्क गरे।

भेलामा एमाले उपमहासचिव तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, एमाले जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य राजिव पहारी, अध्यक्ष क्षितिज थेबे लगायतले पनि मन्तव्य राखेका थिए।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ७ : २८ बजे

बाजेको सेकुवाले आईपीओ निष्काशन गर्ने

काठमाडौं– चर्चित ब्राण्ड बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर

जापानिज इन्सेफलाइटिसबाट १०३ जना सङ्क्रमित

काठमाडौं– मुलुकमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग

सरकारलाई व्यवसायीको चुनौती: मूल्यदर र भाषा परिमार्जन नगरे इम्बोस्ड नम्बर प्लेट जडान हुँदैन  

भारतसँग जोडिएको मुग्लिन-नारायणगढ-दाउन्ने-बुटवल सडकखण्ड लामोसमयदेखि बर्खामा हिलाम्मे त हिँउदमा धुलाम्मे

वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत

वीरगञ्ज– पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी

‘हरिबहादुर’ अब ठूलो पर्दामा 

काठमाडौं– नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह