नेपाली सेनाको अन्नपूर्ण पदयात्रा मार्ग सरसफाइ अभियान, २९० किलो फोहोर संकलन « Khabarhub

नेपाली सेनाको अन्नपूर्ण पदयात्रा मार्ग सरसफाइ अभियान, २९० किलो फोहोर संकलन


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली सेनाको कृष्णदल गणको अगुवाईमा विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गको सरसफाइ अभियान सकिएको छ । वैशाख २१ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको ‘पदयात्रा मार्ग सरसफाइ अभियान’ अन्तर्गत करिब २ सय ९० किलो प्लास्टिकजन्य फोहोर संकलन गरिएको छ ।

पश्चिम पृतनाका पृतनापति उपरथी मधुकर सिंह कार्कीको अवधारणा र श्री नम्बर ३ वाहिनी अड्डाको निर्देशन अनुसार श्री कृष्णदल गण, फूलबारी ब्यारेकले यो अभियान सञ्चालन गरेको हो । अभियानको नेतृत्व श्री कृष्णदल गणका गणपति प्रमुख सेनानी राजेन्द्र पुडासैनीले गरेका थिए । 

सरसफाइ अभियान झिनु, छोम्रोङ, तल्लो छोम्रोङ, सिनुवा, बाम्बो र देउराली जस्ता पर्यटकीय क्षेत्रहरूमा सञ्चालन गरिएको थियो । अभियानमा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) का प्रतिनिधि, स्थानीय होटल व्यवसायी, आमा समूह, तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको नेपाली सेनाले जनाएको छ । 

अभियानको अन्तिम दिन संकलित फोहोर एक कार्यक्रमबीच सेनानी पुडासैनीले अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान गुरुङको उपस्थितिमा एक्याप छोम्रोङका प्रमुख नेत्र शर्मालाई हस्तान्तरण गरे । 

पर्यटन प्रवर्द्धन, वातावरणीय सन्तुलन तथा पदयात्रीको सुरक्षालाई मध्यनजर गर्दै सञ्चालन गरिएको यस अभियानको स्थानीय जनप्रतिनिधि, व्यवसायी, र सरोकारवालाले मुक्तकण्ठले प्रशंसा गरेको नेपाली सेनाको दाबी छ । 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ७ : ४९ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ