यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना « Khabarhub

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा  मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुका साथै कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभावका कारण केही भूभागमा वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र मधेस प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज सूर्योदय बिहान ५ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५८ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ६ : ४५ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र